अधिकांश स्थानीय तहका जनप्रतिनिधिद्वारा पदभार ग्रहण,चुनावमा गरेका बाचा पूरा गर्न मतदाताको आग्रह

काठमाडौं/ यही बैशाख ३० गते सम्पन्न निर्वाचनको अधिकांश पालिकाको चुनावी नतिजा घोषणा भइसकेको छ । नतिजा घोषणा भएका पालिकाहरुका नवनिर्वाचित सबैजसो जनप्रतिनिधिहरुले आईतबारसम्ममा पदभार ग्रहण गरेका छन् । नेपालगञ्ज उप-महानगरपालिका र बनेपा नगरपालिकामा भने नवनिर्वाचित केही जनप्रतिनिधिले समयमा खबर नभएको भन्दै आईतबार सपथग्रहणमा सहभागी नभएको जानकारी प्राप्त भएको छ ।

यता मतदाताहरुले भने नवनिर्वाचित जनप्रतिनिधिहरुलाई उनीहरुले चुनावका बेला मतदाता समक्ष गरेका बाचा पूरा गर्न आग्रह गरेका छन् । उनीहरुले जनप्रतिनिधिहरुलाई जनताको सेवक बन्नु पर्ने खाँचो औंल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *