अन्तत: राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित

काठमाडौं/ नागरिकहरुको विरोधका बीच अन्तत: नागरिकता संशोधन विधेयक ,२०७९ राष्ट्रिय सभाबाट पारित भएको छ । गत शुक्रबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएर सन्देश सहित प्राप्त भएको उक्त विधेयक बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बहुमतबाट पारित भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गर्नुभयो ।

यो विधेयकको अंगकृत नागरिकता सहित केही दफामा भ एको व्यवस्थाको विरोध भएको छ । जसका कारण नेकपा (एमाले) संसदमा यसको विपक्षमा उभिएको थियो ।

दुबै सदनबाट पारित भएको यस विधेयकमा राष्ट्रपतिबाट लालमोहर लागेपछि यो विधेयक ऐनमा परिणत हुने छ । यो विधेयक ऐनमा परिणत भएपछि विदेशी नागरिकले नेपाली नागरिकता पाउने हुन् कि भन्ने चिन्ता बढेको देखिएको छ ‌‌‌तर गृह मन्त्री बालकृष्ण खाणले भने नेपाली नागरिकता पाउन नसक्ता राज्यको सेवा र सुविधाबाट बञ्चित भएका नेपालीहरुला नेपाली नागरिकता प्रदान गर्ने उद्देश्यले यो विधेयक ल्याइएको र यस विधेययकका कारण कुनै पनि विदेशीले नेपाली नागरिकाता प्राप्त गर्न नसक्ने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *