मन्त्रालयबाटै सहकारी बारेमा गलत भाष्य बनाउने कार्य भइरहेको छ

  • कृष्ण गोविन्द लाखाजू

बागमती प्र‍ोस्कूनका सञ्चालक तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजूले सहकारी ऐन कार्यान्वयन गर्नतिर नलागी मन्त्रालयबाट सहकारी बारेमा गलत भाष्य बनाउने कार्य भइरहेको बताउनुभएको छ । अलगपथका पत्रकार अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले एउटा व्यक्ति सहकारीको कति ठाउँमा सञ्चालक बस्न पाउने हो ,त्यो ऐनमा प्रष्ट उल्लेख गर्नु पर्नेेमा ज‍‍ोड दिनुभय‍ो । प्रदेशको नियमन क्षेत्रभित्रका सहकारी संस्थाहरु सबैभन्दा बढी समस्यामा परेको बताउदै उहाँले ‘सहकारीको नियमनकारी निकायमा आवश्यक मानव संसाधनको व्यवस्था गरी ऐन कार्यान्वयन गर्न र स्थानीय तहक‍‍ो सहकारी नियामक निकायलाई बलियो बनाउनुपर्छ’, भन्नुभयो । सहकारीलाई सहकारीकै रुपमा सञ्चालन गर्न दिदा राम्रो हुने उहाँको भनाई छ । सहकारीको अवस्था, यही मंसिर २८ देखि पौष ३ गतेसम्म हुन लागेको भक्तपुर महोत्सव लगायतका समसामयिक विषयमा उहाँसँग गरिएको कुराकानी तल प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *