नेकपा (एमाले)ले आफ्ना मन्त्रीले राजीनामा दिएको र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको बर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको हुँदा यो सरकार अल्पमत परेकोले दीर्घकालीन असर पर्ने कार्य नगर्न/नगराउन बर्तमान सरकारको ध्यानाकर्षण गरेको छ । सो पार्टीका महासचिव शंकर पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्ति नेकपा (एमाले) र नेपाली कांग्रेस बीच नेकपा (एमाले]का अध्यक्ष के.पी. शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमती भएको समेत उल्लेख छ ।

यो हप्ताको शुरुमा नेपाली कांग्रेस र नेकपा (एमाले] बीच नयाँ गठबन्धन बनाउने सहमती भएसँगै नेपाली राजनीति तरङ्गित बनेको छ , जसका कारण शेयर बजार बढेको छ।
यता नेकपा (एमाले)ले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्ने अडान लिनुभएको छ । सरकार विरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव पेश गर्न नपाइएपनि सरकारमा सहभागी कुनै दलले विश्वासको मत फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।