अस्ताए संविधान सभा सदस्य तथा पूर्व मन्त्री केशव बुढाथोकी

नेपाली कांंग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेर गएराती विराट मेडिकल कलेज विराटनगरमा निधन भयो । लामो समयदेदि प्र‍ोष्टेड क्यान्सरबाट पीडित बुढाथोकी पछिल्ल‍ो समय मृगौलामा समस्या उत्पन्न भएपछि विराट मेडिकल कलेज विराटनगरमा उपचाररत हुनुहुन्थ्यो । झापाको शनिश्चरे निवासी बुढाथोकी पञ्चायतकालमा प्रधानपञ्च, झापा जिल्ला पञ्चायतको सभापति, राष्ट्रिय पञ्चायत सदस्य र जलश्रोत सहायक मन्त्री बन्नुभएको थियो भने २०६४ र २०७० सालमा झापा क्षेत्र नं.५ बाट संविधान सभा सदस्यमा निर्वनचपत हुनुभयो । यसैगरी उहाँ २०७३ सालमा सामान्य प्रशासन मन्त्री बन्नुभएको थियो ।

उहाँका श्रीमती , २ छोरी र १ छोरा छन् ।

दिवंगत बुढाथोकीको पार्थिव शरीर झापाको माइधारस्थित कन्काई नदीमा अन्तेष्टी हुने बताइएको छ ।

बुढाथोकीको निधनमा नेपाली कांग्रेसका सभापति देेेउवा र सभामुख घिमिरेद्ववारा शोक प्रकट

आफ्नै पार्टी केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य एवंम पूर्व मन्त्री केशवकुमार बुढाथोकी निधनप्रति नेपाली कांग्रेसका सभापति तथा पूूर्व प्रधानमन्त्री शेरबहादुर देउवा , प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे लगायतले शोक प्रकट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *