आउदो मंसीर १५ गतेदेखि सर्वोच्च अदालतमा गोलाप्रथाबाट मुद्धाको पेशी तोकिने

काठमाडौं/ सर्वोच्च अदालतमा आउदो मंसीर १५ गतेदेखि गोलाप्रथाबाट मुद्धाको पेशी तोकिने भएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा आज बसेको सर्वोच्च अदालतको फुल कोर्टको बैठकले सो निर्णय गरेको सर्वोच्च अदालत श्रोतले जनाएको छ । उक्त बैठकले आउदो मंसीर १५ गतेसम्म गोलाप्रथाबाट मुद्धाको पेशी तोक्ने कार्यको तयारी गर्ने निर्णय गरेको जनाइएको छ ।

यता प्रधानन्यायधीश जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएशनको आगुवाईमा कानून व्यवसायीहरुले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका थिए तर केही दिनयता प्रधानन्यायधीश जबरा भने इजालासमा बस्नु भएको छैन भने प्रधानन्यायधीश जबरासँग असन्तुष्ट न्यायधीशहरु पनि पछिल्ला दिनयता सर्वोच्च अदालतको नियमित काम गरिरहनु भएको छ ।

प्रधानन्यायधीश जबरासँगै सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजिनामा दिनु पर्ने आवाज पनि उठिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *