आजको नेपाल बन्द सफल भयो : ४ कम्युनिष्ट पार्टी

४ कम्युनिष्ट पार्टीले आफूहरुले आज संयुक्त रुपमा गरेको शान्तिपूर्ण नेपाल बन्द सफल भएको जनाएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र कर्णजीत बुढाथोकी ‘सुशिल’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी)का नेताहरुले आजको नेपाल बन्द बिफल बनाउन सरकार तथा सत्ताधारी दलहरुका नेता कार्यकर्ताहरु लगायतको सक्तो प्रयत्नका बाबजुद पनि देशभक्त श्रमजीवी नेपाली जनताको साथ र सहयोगका कारण यो नेपाल बन्द सफल भएको भन्दै यस नेपाल बन्द सफल बनाउन साथ र सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको छ । उहाँहरुले नेपाल बन्दका क्रममा सुरक्षाकर्मीले गिरफ्तार गरेका सबै आन्दोलनकारीहरुलाई तुरुन्त रिहाई गर्न सरकारसँग माग गर्नु भएको छ । उहाँहरुले नेपाल सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच २०७७ फागुन २१ गते भएको ३ बुँदे सहमती कार्यान्वयन गर्नु पर्ने, महङ्गी , भ्रष्टाचार र कालाबजारी नियन्त्रण गर्नु पर्ने लगायतका माग सरकारले तत्काल पुरा नगरे आन्दोलनका थप कार्यक्रम घोषणा गर्न चेतावनी दिनु भएको छ ।

अलगपथसँग संक्षिप्त कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एके कार्कीले आजको नेपाल बन्दको क्रममा सरकार तथा सत्ताधारी दलका कतिपय नेता कार्यकर्ताहरुले कतै आफै टिफरमा आगो लगाउने , कतै यातायातका साधन तोडफोड गर्ने र कतै सडकमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका आन्दोलनकारीहरु माथि हातपात गरेर आफ्नो असली चेहरा प्रदर्शन गरेको भन्दै भत्सर्ना गर्नुभयो । आफूहरुले आज शान्तिपूर्ण रुपमा नेपाल बन्द आह्वान गरेको र यो बन्द सफल पार्न अनुरोध गर्ने बाहेक आफूहरुबाट अर्थोक कुनै कार्य नभएको उहाँको भनाई छ ।

आजको नेपाल बन्दको क्रममा सुरक्षाकर्मीले देशका बिभिन्न स्थानबाट १८ जनालाई आन्दोलनकारीलाई गिरफ्तार गरेको तियो ‌। यसैगरी दाङमा आज बिहानै टिफरमा आगजनी गरिएको तर त्यो आगजनी आन्दोलनकारीले नभई वीमाको लोभमा स्वयं सोही टिफरका चालक र सह-चालकले गरेको समाचार सार्वजनिक भएको छ । सुरक्षाकर्मी र सुरक्षाकर्मीकै अगाडि नै केही व्यक्तिले बनेपामा सडकमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारी माथि यातायातका सवारी साधन तोडफोड गरेको भन्दै हातपात गर्ने र लगाएको लुगा च्यातेको तर सुरक्षाकर्मीले ती व्यक्तिहरुलाई केही नगरी कुटाई खाएर पीडित प्रदर्शनकारीलाई मात्रै गिरफ्तार गरेको दृश्य सामाजिक सञ्जालमा छाइरहेको छ । यसैगरी काठमाडौं उपत्यकामा ३ वटा बस र एउटा मिनिबसमा तोडफोड भएको बताइएको छ ।

आजको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा कम परेपनि देशभरको जनजीवन प्रभावित बनेको थियो । नेपाल बन्दका कारण संस्था बन्द भएका थिए भने कतिपय पसल, कलकारखाना तथा यातायात

Leave a Reply

Your email address will not be published. Required fields are marked *