आजबाट उम्मेद्वारहरुले चुनावी सभा गर्न पाउने

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेद्वारी दिएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेद्वारहरुले आजबाट आफ्नो चुनावी -याली तथा सभा गर्न पाउने भएका छन् । निर्वाचन आयोगले जारी गरेको आचार संहिताले आजबाट उम्मेद्वारहरुलाई चुनावी -याली तथा सभा गर्न अनुमती प्रदान गरेको हो ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जादा उम्मेद्वारहरुको चुनावी गतिविधि बृद्धि हुदै गएको छ । यही क्रममा आचार संहिता उलंघन गरेको उजुरी परेको भन्दै निर्वाचन आयोगले ७० भन्दा बढी उम्मेद्वारहरुसँग स्पष्टीकरण लिएको छ तर यसबेलासम्म निर्वाचन आयोगले स्पष्टीकरण लिएका कुनै पनि उम्मेद्वार माथि कारवाही भएको छैन ।

निर्वाचन आयोगले आधिकारिताको विषयको मुद्धा अदालतमा विचाराधिन रहेको नेपाल कम्युनिष्ट पार्टीलाई चुनावमा भाग लिन दियो

निर्वाचन आयोगले आधिकारिताको विषयको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेको नेपाल कम्युनिष्ट पार्टीको एउटा पक्षलाई सोही पार्टीको नाममा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिन दिएको छ । निर्वाचन आयोगको यो कार्यलाई नजिकबाट नियालीरहेकाहरु भने निर्वाचन आयोगका पदाधिकारीहरु संविधान , ऐन र नियम मान्न नपर्ने सडकमा छाडा छाडेका साँढे जस्ता देखिएको भनी व्यङ्ग्य गरिरहेका छन् । यसैक्रममा ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष अर्जुन कार्की आधिकारिकताको विषयको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेको नेपाल कम्युनिष्ट पार्टीको एउटा पक्षलाई नेपाल कम्युनिष्ट पार्टीको नाममा चुनावमा भाग लिन दिएर संविधान , ऐन र नियमको धज्जी उडाइरहेको निर्वाचन आयोगले आफूले जारी गरेको आचार संहिता उलंंघन गरेको भनेर उम्मेद्वारहरुलाई स्पष्टीकरण सोध्नु आफैमा हास्यस्पद रहेको बताउनुहुन्छ ।

२०७८ पुष १७-१९ मा जनकपुरमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको दोश्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष ऋषि कट्टेल सहितका नेताहरुसँग कुनै सोधपुछ नगरीकन र उहाँहरुलाई कुनै जानकारी नै नदिई सो पार्टीबाट निस्कासित निस्कासित एउटा समूहलाई नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता प्रदान गरेपछि यो विषय सर्वोच्च अदालत पुगेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *