आजबाट ४ दिने ९औँ नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुदै

आजबाट ४ दिने ९औँ नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु हुदैछ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेण्ट्स प्रा.लि.ले संयुक्त रुपमा विगत ८ वर्षदेखि आयोजना गर्दै आइरहेको निर्माण ब्यवसायसँग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रको नवीनतम प्रविधिको बारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु-याउने उद्देश्यले नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको नवौं संस्करण काठमाडौंको भृकृटीमण्डपमा आजदेखि शुरु भई यही माघ २१ गते सम्पन्न हुने जनाइएको छ । उक्त प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढी स्टल रहने मिडियन स्पेस सोलुसन्स पा.लि.का प्रबन्ध निर्देशक सृजल भट्टराईले बताउनुभएको छ । निर्माण सम्बन्धी उद्योगहरु, कम्पनीहरु, डिलर तथा सव-डिलरहरु र बिक्रेताहरुले निर्माण ब्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ८ वर्षदेखि कोसेढुङ्गा सावित हुदै आइरहेको उहाँको भनाइ छ । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा Construction materials, Construction Machinery, Pre fab structures, UPVC Windows Machinery, UPVC Profile, Doors and Windows, Architectural Hardware, Bathroom Fittings, Pipes, Tiles and Sanitary ware, Roofing, Pre Engineering Building, Power Tools, Windows, Concrete Block Machinery Manufacturers, Aluminum Composite Panels हरुको पनि उल्लेखनीय सहभागिता रहने आयोजकले बताएका छन् ।

यस प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इञ्जिनियरस्, कण्ट्रयाक्टरस, विल्डरस, इण्टिरियर डिजाइनरहरु र घर बनाउन चाहने व्यक्ति तथा आम नागरिकको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । त्यस प्रदर्शनीमा टाईटल स्पोन्सर कजारिया टायल्स रहेको छ भने सह- प्रायोजकमा भोल्गा तथा जिन्दल स्टील रहेका छन् । सहयोगी संस्थाहरु Society of Nepalese Architects (SONA), Interior Designers Association of Nepal (IDEA) तथा Confederation of Indian Industry (CII)  रहेको छ । यो प्रदर्शनीमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *