विभिन्न कार्यक्रम गरि आज गणतन्त्र दिवस मनाइदैछ । यो दिवसको अवसरमा यसै अवसरमा आज विहान काठमाडौंको खुल्लामञ्चस्थित टुंडिखेलमा गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा विशेष कार्यक्रम सम्पन्न भयो । राष्ट्रपति रामचन्द्र पौडेल, उप-राष्ट्रपति रामसहाय प्रसाद यादव , प्रधानन्यायधीश विश्वम्भर श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे , राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल , नेपाल सरकारका उप-प्रधानमन्त्री र मन्त्रीहरु , प्रधानसेनापति प्रभुराम शर्मा लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रमलाई सम्बोधन गर्दै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचणड’ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली मौलिक राजनीतिक प्रणालीको रुपमा विकास हुँदै गएको बताउनुभयो । उहाँले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली सेनाले विभिन्न प्रस्तुती गरेको थियो ।
१० वर्षे माओवादी जनयुद्ध र २०६२/०६३ को १९ दिने जन-आन्दोलनको जगमा आधारित रहेर वि.सं. २०६४ सालमा सम्पन्न निर्वाचनबाट बनेको पहिलो संंविधान सभाको वि.सं.२०६५ जेष्ठ १५ गते साझ बसेको प्रथम बैठकबाट राजतन्त्रको अन्त भइ संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा गरिएको थियो । जसलाई २०७२ असोज ३ गते दोस्रो संविधान सभाबाट जारी गरिएको नेपालको संविधान,२०७२ मार्फत संस्थागत गरिएको थियो ।
गणतन्त्र स्थापना भएको १७ वर्ष लाग्दा पनि आधारभूत तहमा भएन परिवर्तन
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आजबाट १७औं वर्ष प्रवेश गरेको छ । यो अबधिमा राज्यको उपरी ढाँचामा परिवर्तन भएपनि आधारभूत तहमा भने परिवर्तन हुन नसकेको कतिपय जानकारहरु बताउछन् । राजनीतिक परिवर्तन भएपनि त्यस अनुरुप आर्थिक , सामाजिक र सांस्कृृतिक परिवर्तन नहुदा जनतामा राजनीतिप्रति निराशा र वितृष्णा बढ्दै गएको उनीहरुको भनाइ छ ।