आज पनि महाअभियोग सिफारिस समितिले प्रधानन्यायधीश जबरासँग बयान लिने

संघीय संसदको महाअभियोग सिफारिस समितिले आज पनि निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ । आज बिहान ११ बजेबाट निलम्वित प्रधानन्यायधीश जबरासँग बयान लिन पुन: शुरु गर्ने जनाइएको छ । गत बुधबार र बिहीबार महाअभियोग सिफारिस समितिले तयार गरेका ४३ मध्ये ६ वटा प्रश्न र पुरक प्रश्नहरुको प्रधानन्यायधीश जबरासँग बयान लिएको थियो । बयानका क्रममा निलम्वित प्रधानन्यायधीश जबराले आफू माथि लगाइएका आरोप आधारहीन भएको बताउदै आफू माथिको महाअभियोग पत्रमा हस्ताक्षर गर्ने मध्ये ५ जना महाअभियोग सिफारिस समितिमा रहेर छानविन गर्नु प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुने र त्यसो गर्दा स्वार्थ बाझिने भएकोले नि ष्यपक्षता नभई त्यसबाट न्याय पाउने सम्भावना नरहने बताउनुयो । निलम्वित प्रधानन्यायधीश जबराले उठाएका विषय महत्वपूर्ण भएको र महाअभियोग पत्रमा हस्ताक्षर गर्ने सांसदहरुमध्ये ५ जना महाअभियोग सिफारिस समितिमा रहनुले यो समितिको निष्पक्षता माथि प्रश्न उठ्न सक्ने कतिपय विद्वानहरुले बताएका छन् तर महाअभियोग सिफारिस समितिका सदस्यहरुले भने निष्पक्ष रहेर आफूले काम गर्ने बताएका छन् ।

महाअभियोग सिफारिस समितिलाई बयान दिने क्रममा निलम्वित प्रधानन्यायधीश जबराको अभिव्यक्ति तरङ्ग पैदा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *