आज पनि स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी मनोनयन हुदै

काठमाडौं/ निर्वाचन आयोगको स्थानीय तहको चुनावी कार्यतालिका अनुसार आज पनि देशैभरका पालिकाहरुका विभिन्न पदमा उम्मेद्वारी मनोनयन हुदैछ । उम्मेद्वारी मनोनयनको चाप कम होस् भनेर यस पटक निर्वाचन आयोगले हिजो र आज दुई दिन विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेद्वार मनोनयनको समय तालिका निर्धारण भएपनि हिजो पालिकाहरुका विभिन्न पदमा केही दल र स्वतन्त्र उम्मेद्वारहरुको मात्रै उम्मेद्वारी मनोनयन भएको निर्वाचन आयोगले जनाएको छ । सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माके), नेकपा (एस), जसपा र राष्ट्रिय जनमोर्चा तथा प्रतिपक्षी दलहरु नेकपा (एमाले), लोसपा र राप्रपा लगायतका दलहरुले आज उम्मेद्वारी मनोनयन गर्ने भएका छन् ।

नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका मेयरमा सिर्जना सिंह,ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जन,भरतपुर महानगरपालिकाको उप-मेयरमा चित्रसेन अधिकारी,खाँदबारी नगरपालिकाको मेयरमा महेश थपलिया,चैनपुर नगरपालिकाको मेयरमा ज्ञानबहादुर कार्की र उप-मेयरमा अञ्जना लिङ्थेप,धर्मदेवी नगरपालिकाको मेयरमा थलकुमार लिङ्खा र पाँचखपन नगरपालिकाको मेयरमा विपिन राईलाई उम्मेद्वार चयन गरेको छ ।

त्यसैगरी नेकपा (एमाले)ले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको सट्टा कृष्ण थापा , विराटनगर महानगरपालिकाको मेयरमा सागर थापा र दमक नगरपालिकाको मेयरमा गीता अधिकारी र उप-मेयरमा अम्बिका खनाललाई उम्मेद्वार बनाउने भएको छ । त्यस्तै नेकपा (माके)ले भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल , ललितपुर महानगरपालिकाको उप-मेयरमा बाबुराजा बज्राचार्य , महालक्ष्मी नगरपालिकाको मेयरमा शिव कट्टेललाई उम्मेद्वार बनाएको जनाएको छ । त्यसैगरी राप्रपाले विराटनगर महानगरपालिकाको मेयरमा सन्तोष शाह , दमक नगरपालिकामा राम थापालाई उम्मेद्वार बनाएको छ । यता नेकपा (एस)ले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई मेयरमा उम्मेद्वारी बनाउने जनाएको छ ।

…………………………………………………………………….

नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *