गएराती इलामको माई नगरपालिका-२, दिपुडाँडाका २१ वर्षीय सन्देश दियालीले ३१ वर्षीया सौतेनीआमा नेत्रकला खवास दियालीको खुकुरी प्रहार गरि हत्या गरेको प्रहरी चौकी , दानाबारी , इलामले जनाएको छ । घटना घटेको थाहा पाउने बित्तिकै घटनास्थल पुगेको प्रहरी टोलीले सन्देशलाई तत्कालै नियन्त्रणमा लिएर उक्त घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ । घरायसी लेनदेनको विषयमा विवाद हुदा सो घटना भएको हुन सक्ने स्थानीयबासीहरुको भनाइ छ । मृतक नेत्रकलाका पति भने बैदेशिक रोजगारीमा रहेकोले घरमा नेत्रकला र उनका सौतेनी छोरा सन्देश बसोबास गर्दै आएको बताइएको छ ।
गाडी चालक रमेश योगी मृतक भेटिए
गएराती इलामको माई नगरपालिका-२, रातेखाडी निवासी २५ वर्षीय रमेश योगी आफ्नै निवासमा मृत भेटिएको जानकारी प्राप्त भएको छ । श्रीमती माइत गएकाले घरमा छोरा र मृतक रमेश मात्रै रहेको बताइएको छ । घोप्टो परेर सुतेको अवस्थामा भेटिएका मृतक रमेशको करेण्ट लागेर मृत्यु भएको हुन सक्ने प्रत्यक्षदर्शीहरुको भनाइ छ । मृतक रमेश पेशाले गाडी चालक रहेको जनाइएको छ ।