एमसीसी सम्झौता खारेजीको माग गर्दै आज ८ कम्युनिष्ट पार्टीद्वारा एमसीए कार्यालय घेराउ

काठमाडौं/ एमसीसी (MCC) सम्झौता खारेजीको माग गर्दै आज ८ कम्युनिष्ट पार्टीले काठमाडौंको दरवारमार्ग स्थित याक एण्ड यति होटलमा रहेको कार्यालय घेराउ गरे । नेपाल कम्युनिष्ट पार्टी , नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी , नेकपा (मसाल), नेकपा (माले), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले ‘एमसीसी सम्झौता-खारेज गर’ जस्ता नारा लगाई संयुक्त विरोध प्रदर्शन गरी एमसीए कार्यालय घेराउ गरेका थिए । सो कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य अरबी भण्डारी , देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला , नेकपा(मसाल) का प्रवक्ता रामप्रकाश पुरी , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य जागृत रायमाझी र नेकपा (माले) का स्थायी समिति सदस्य दीनानाथ घिमिरेले एमसीसी सम्झौता राष्ट्रघाती भएकोले यो सम्झौता खारज गर्नु पर्ने बताउनुभयो ।

एमसीसी सम्झौताका बुँदासँग बाझिएका नेपालको संविधानका धारा, उप-धारा तथा कानूनका दफा र उप-दफा स्वत: निश्क्रिय हुने लगायतका प्रावधानले यसको शुरुदेखि विरोध हुदै आएको छ ।

८ कम्युनिष्ट पार्टीको नेतृत्वमा भोलि संसद घेराउ गरिने

एमसीसी सम्झौता टेवुल गरी पारित गर्ने योजनाका लागि संघीय संसदको अधिवेशन आह्वान गरेको भन्दै ८ कम्युनिष्ट पार्टीले संघीय संसद भवन घेराउ गर्ने भएका छन् । तीन तीरबाट घेराउ गर्ने सो विरोध कार्यक्रम दिउसो १ बजेदेखि शुरु हुने बताइएको छ ।

Leave a Reply