काठमाडौं/ एमसीसी(MCC) सम्झौता खारेजीको माग गर्दै संघर्षरत ६ कम्युनिष्ट पार्टी र २ मोर्चा निकट ६ विद्यार्थी संगठनले संसदबाट अनुमोदन भएको एमसीसी(MCC) सम्झौता राष्ट्रघाती भएकोले त्यसको खारेजीको माग गर्दै संघर्षको कार्यक्रम घोषणा गरेका छन् । अखिल नेपाल विद्यार्थी यूनियनका संयोजक मनिष भट्टराई , अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल , वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकी संयोजक राजेश्वरी सुवेदी , अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाही , आखिल (छैटौं) का अध्यक्ष देवेन्द्र कुँवर र अखिल (क्रान्तिकारी)का संयोजक कपिल सिजापतीद्वारा हस्ताक्षर गरी आज जारी गरिएको प्रेस विज्ञप्तिमा यही फागुन २५ गतेसम्म देशभरका स्कूल कलेजहरुमा व्यानर टाँस्ने, भित्ते लेखन र पर्चा वितरण , फागुन २६ गते देशव्यापी प्रदर्शन र काठमाडौंमा प्रदर्शनीमार्गस्थित आर.आर क्याम्पस अगाडि दिउसो १२ बजे संयुक्त विरोध सभा गर्ने र फागुन २७ गते देशव्यापी स्कूल कलेजहरुमा एमसीसी (MCC) सम्झौता विरुद्ध कविता, गजल र बक्तृत्वकला मार्फत विरोध गर्ने उल्लेख छ ।