एमालेले छान्यो पाँच वटा महानगरपालिकाको मेयरको उम्मेद्वार

काठमाडौं/ नेकपा (एमाले)ले विराटनगर बाहेकका ५ वटा महानगरपालिकाका मेयर पदको उम्मेद्वार छनौट गरेको जनाएको छ । आज दिउसो अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको अध्यक्षतामा बसेको सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उप- मेयरमा सुनिता डंगोल , ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उप-मेयरमा मञ्जली शाक्य बज्राचार्य , पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उप-मेयरमा मञ्जु देवी गुरुङ , भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदी र बिरगञ्ज महानगरपालिकाको मेयरमा विजय सराबगीलाई चयन गरेको सोही पार्टीका उप-महासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । यसैगरी सो पार्टीले धरान उप-महानगरपालिकाको मेयरमा मञ्जु काफ्ले र उप-मेयरमा पदम लिम्बु , इटहरी उप-महानगरपालिकाको मेयरमा यामकुमार सुब्बा र उप-मेयरमा संगीता चौधरी, हेटौंडा उप-महानगरपालिकाको मेयरमा अनन्त पौडेल र उप-मेयरमा सुमित्रा काफ्ले , कलैया उप-महानगरपालिकाको मेयरमा विनोद शाह, बुटवल उप-महानगरपालिकाको मेयरमा बाबुराम भटृटराई र उप-मेयरमा सावित्रादेवी अर्याल , घोराही उप-महानगरपालिकाको मेयरमा नरुलाल चौधरी र उप-मेयरमा मनकुमारी डी.सी. , तुलसीपुर उप-महानगरपालिको मेयरमा टीकाराम खड्का र उप-मेयरमा स्यानी चौधरी , नेपालगञ्ज उप-महानगरपालिकाको मेयरमा पशुपति दयाल मिश्र र उप-मेयरमा शान्तिदेवी ढकाल र धनगढी उप-महानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उप-मेयरमा चन्द्रकला राना थारु चयन हुनु भएको छ तर सो पार्टीले विराटनगर महानगरपालिको मेयर र उप-मेयर , भरतपुर महानगरपालिकाको उप-मेयर , जनकपुरधाम उप-महानगरपालिकाको मेयर र उप-मेयर , जीतपुर सिमरा उप-महानगरपालिकाको मेयर र उप-उपमेयर र कलैया उप-महानगरपालिकाको उप-मेयर छनौट हुन बाकी रहेको बताइएको छ । यसैगरी संखुवासभाको चैनपुर नगरपालिकाको मेयरमा कृष्णकुमार तामाङ र उप-मेयरमा एलिना श्रेष्ठ , मादी नगरपालिकाको मेयरमा जीवन लिङ्थेप र सुनिता दाहाल , धर्मदेवी नगरपालिकाको मेयरमा उदयचन्द्र पौडेल र उप-मेयरमा लक्ष्मी गिरी , खाँदबारी नगरपालिकाको मेयरमा जीतबहादुर घिमिरे र उप-मेयरमा महेश्वरा बज्राचार्य , पाँचखपन नगरपालिकाको मेयरमा हिन्दुकुमार राई र उप-मेयरमा अनिता न्यौपाने , सभापोखरी गाउँपालिकाको अध्यक्षमा रत्न सुब्बा र उपाध्यक्षमा सविता कालाखेती , सिलिचोड गाउँपालिकाको अध्यक्षमा खड्ग नन्द राई र उपाध्यक्षमा मेनका राई , चिचिला गाउँपालिकाको अध्यक्षमा रामबहादुर गुरुङ र उपाध्यक्षमा विष्णुमाया राई , मकालु गाउँपालिकाको अध्यक्षमा भरत कटुवाल र उपाध्यक्षमा चमेली राई र भोटखोला गाउँपालिकाको अध्यक्षमा वाङछेदर लामा र सहाना लामा चयन हुनुभएको जनाइएको छ ।

…………………………………………………………………….

नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Leave a Reply