शुक्रबारबाट ललितपुरको गोदाबारी जारी नेकपा (एमाले)को दोश्रो विधान अधिवेसनले अध्यक्ष केपी शर्मा ओलीका लाागि पुन: अध्यक्ष बन्ने बाटो खोलेको छ । सो अधिवेसनमा प्रस्तुत भएका सबै प्रतिवेदन सर्वसम्मतीबाट पारित भएको सो पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सञ्चारकर्मीलाई बताउनुभयो । यो अधिवेसनले एमाले भित्रको २ कार्यकाल र ७० वर्षे उमेर हदको प्रावधान हटाएको छ ।
अधिवेसनमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमालृे) भित्र आउन दिने कि नदिने भन्नेबारेमा प्रतिनिधिहरुबाट मिश्रित धारणा आएको बताइएको छ तर अधिवेसनमा भाग लिएका बहुसंख्यक प्रतिनिधिले गरिमामय पद राष्ट्रपति र उपराष्ट्रपति भएका व्यक्तिलाई पुन: पार्टी राजनीतिमा आउन नसक्ने गरि संविधानमै व्यवस्था गर्नुपर्ने धारणा राखेको प्रचार विभाग प्रमुख गौतमले बताउनुभएको थियो ।
विभिन्न समसामयिक प्रस्ताव पारित गर्दै आइतबार सकिएको छ ।





