एसपीपी मा सहभागी नहुने नेपाल सरकारको निर्णयको चीनद्वारा स्वागत

काठमाडौं/ चीन सरकारले अमेरिकी पाट्नरसीप प्रोग्राम (SPP)मा सहभागी नहुने नेपाल सरकारको निर्णयलाई स्वागत गरेको सञ्चार माध्यमहरुले जनाएका छन् । यसै हपृताको शुरूमा नेपाल सरकार , मन्त्री परिषदको बैठकले नेपाल एसपीपी सहभागी नहुने निर्णय गरेको थियो ।

एसपीपी आईपीएसको अंग भएको संयुक्त राज्य अमेरिकाले पुष्टि गरेपछि नेपालको एसपीपी मा सहभागिताको व्यापक विरोध भएको थियो , जसका कारण अघिल्लो हप्ता संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले संयुक्त राज्य अमेरिकालाई नेपाल एसपीपी माक्स सहभागी नहुने औपचारिक जानकारी गराउन निर्देशन दिएको थियो ।

अघिल्लो हप्ता नेपालस्थित अमेरिकी दुताबासले एसपीपी मा सहभागिताको लागि सन् २०१५ मा आवेदन दिएको र सन् २०१९ मा नेपाललाई एसपीपी मा सहभागी हुन स्वीकार गरिएको प्रेस नोट जारी गरेसँगै नेपालमा त्यसको व्यापक विरोध भएको थियो , जसले गर्दा संयुक्त राज्य अमेरिकी दूताबासले नेपाल एसपीपी मा सहभागी हुन नचाहे त्यो मान्य हुने जनाएको थियो ।

सन् २०१५ एसपीपी मा नेपालको सहभागिताको लागि आवेदन दिदा र सन् २०१९ मा एसपीपी मा नेपालको सहभागिता स्वीकार गर्दाको समयमा नेपालमा नेकपा (एमाले)का अधृयक्ष खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकार थियो तर पूर्व प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री हुँदा एसपीपी मा नेपाली सेनाले पत्र लेखेको आफूलाई जानकारी नभएको नेकपा (एमाले)का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुको भेलामा बताउनु भएको थियो भने प्रधानसेनापति प्रभुराम शर्माले नेपालको असम्लग्न परराष्ट्र नीतिलाई नेपाली सेनाले पालना गरी कुनै सैन्य गठबन्धनमा सहभागी नहुने प्रष्ट पार्दै नेपाली सेनाले लेखेका ती पत्र केवल मानवीय सहायताका लागि भएको बताउनुभएको थियो ।

Leave a Reply