कक्षा ११ को भर्ना गर्दै राजधानीका कलेजहरु

काठमाडौं/ काठमाडौं उपत्यका भित्रका सेण्ट जेभियर कलेज, जेम्स कलेज लगायतका केही कलेजहरुले कक्षा ११ को भर्ना थालेका छन् । त्यसका लागि ती कलेजहरुले भर्खरै एसईई परीक्षा दिएका तर सूचनाको राम्रो पहुँच भएका केही विद्यार्थीहरुलाई समावेश गरी प्रवेश परीक्षा सञ्चालन गरी त्यसमा उत्तीर्ण र कलेजले तय गरेको शुल्क तत्कार तिर्न सक्ने अवस्थाका विद्यार्थीको भर्ना शुरु गरेको जानकारी प्राप्त भएको छ ।

एसईई सकिएको यति छोटो समयमा ती कलेजहरुले कक्षा ११ मा विद्यार्थी भर्ना गर्दा एसईईको नतिजा सार्वजनिक भएपछि कलेजको छनौट गर्ने सोच बोकेर बसेका धेरै विद्यार्थीहरु आफूले रोजेको कलेजमा पढ्नबाट बञ्चित हुने देखिएको छ । एसईईको नतिजा सार्वजनिक हुन नपाउदै कलेजहरुले विद्यार्थी भर्ना गरी सक्ने यो प्रथाप्रति धेरैले असन्तुष्टि जनाएका छन् ‌।

Leave a Reply

Your email address will not be published. Required fields are marked *