कर्णाली प्रदेश सभाको सभामुखमा नेकपा (एमाले)की समानुपातिक तर्फबाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य नन्दा गुरुङ विजयी हुनुभएको छ । उहाँलाई नेकपा (माके)का १३, नेकपा (एमाले)का १० र राप्रपाका १ जना गरी २४ जना प्रदेश सभा सदस्यले मतदान गर्नुभयो ।
उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले नेपाली कांग्रेसका १३ र नेकपा (एस)का १ जना गरी १४ मत प्राप्त गर्नुभयो ।
मदानमा नेपाली कांग्रेसका जेष्ठ सदस्य हिक्मतबहादुर विष्ट र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य देवेन्द्रबहादुर शाहीक्षभने मतदान सहभागी हुनुभएको जानकारी प्राप्त भएको छ ।





