काठमाडौं/ यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । भृकुटी मण्डपमा आयोजित कार्मक्रममा मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । पद तथा गोपनीयताको नेपाली भाषामा सपथ लिए लगत्तै मेयर साहले नेपाल भाषमा सपथ पढ्नु भ एको थियो । आफूले मुख्य निर्वाचन अधिकृत खतिवडाबाट सपथ लिए लगत्तै मेयर साहले नवनिर्वाचित उप-मेयर सुनिता डंगोललाई पद तथा गोपनियताको सपथ गराउनुभयो एको थियो ।

मेयर साहले नेपाली भाषामा सपथको व्यहोरा बाचन गरेपनि उप-मेयर डंगोलले नेपाल भाषमा सपथ बाचन गर्नु भएको थियो । त्यसपछि मेयर साहले वडा अध्यक्षहरुलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो । जनप्रतिनिधिहरुले सपथ ग्रहण गरे लगत्तै मुख्य निर्वाचन अधिकृत खतिवडाले जनप्रतिनिधिहरुलाई विजयीज्ञप्रमाण-पत्र प्रदान गर्नुभयो । उक्त कार्यक्रम स्थलको दर्शक दीर्घा मेयर साहका समर्थकहरुले खचाखच भरिएको थियो ।

मेयर साह सहित काठमाडौ महानगरपालिकाका सबै जनप्रतिनिहरुले आजै पदभार ग्रहण गरेका छन् ।
काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म माला र खादा नलगाउने मेयर साहको घोषणा
काठमाडौं महानगरपालिकाका मेयर साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म आफूले माला र खादा नलगाउने घोषणा गर्नु भएको छ । सिस्सडोलको फोहोर राम्रोसँग व्यवस्थापन हुन नसक्ता सिस्डोलबासीले छालाको क्यान्सर जस्ता स्वास्थ्य समस्या भोगिरहेको उहाँको भनाई छ । आजको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममनवनिर्वाचित अरु सबै जनप्रतिनिधिहरुले माला लगाएपनि मेयर साहले भने माला र खादा लगाउनु भएन ।