काठमाडौं/ कोरोना महामारीले सुस्ताएको पर्यटन क्षेत्रले बिस्तारै गति लिन थालेको देखिएको छ । कोरोना महामारी कम हुन थालेसँगै घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बृद्धि हुदै जान थालेकोले यो क्षेत्र पुरानै लयमा फर्किएला कि भन्ने आशा पलाउन थालेको पर्यटन क्षेत्रमा कार्यरत व्यक्तिहरुको भनाइ छ । हिमाल आरोहण गर्न चाहानेको संख्या बिगतका वर्षको तुलनामा यस वर्ष अलि कम भएपनि यो मार्च महिनामा नेपाल घुम्न आउने बाह्य पर्यटकको संख्या निकै बढेको पर्यटन विभाग श्रोतले जनाएको छ । कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई नयाँ जीवन दिन संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले विभिन्न योजना बनाएर लागिरहनु भएकोले पर्यटन क्षेत्रमा उत्साह थपेको पर्यटन क्षेत्रका कतिपय जानकारहरु बताउछन् ।