५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित नेकपा (एमाले)का कोशी प्रदेश सभा दलका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा आज दावी प्रस्तुत गर्नुभएको छ । आफूलाई समर्थन गरेका नेकपा (माके) लगायतका दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान रहेपनि सो समयाबधिभित्र कोशी प्रदेश सभाबाट बिश्वासको मत नलिएपछि प्रदेश प्रमुख खापुङले हिजो २ दिनभित्र बहुमत सदस्यको समर्थन सहित मुख्यमन्त्रीमा दावी प्रस्तुत गर्न कोशी प्रदेश सभा सदस्यहरुलाई आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुख खापुङको उक्त आह्वानप्रति असन्तुष्ट कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की प्रदेश प्रमुख खापुङको सो कार्य बिरुद्ध सवोर्च्च अदालतमा मुद्धा दायर गर्न आज विराटनगरबाट काठमाडौं लागेको बताइएको छ ।
मुख्यमन्त्री दावी प्रस्तुत गरेका कार्कीलाई आजै पदबहाली गराउने गरि कार्य भइरहेको जानकारहरु बताउछन् ।