क्यामरुनसँग हारेर पनि ब्राजिल समूह ‘जी’ को बन्यो विजेता, स्वीट्जरल्याण्ड उप-विजेता

कतारमा जारी २२औं संस्करणको फिफा विश्पकप फुटबलको समूह ‘जी” को लिग चरणको अन्तिम खेलमा १-० गोल अन्तरले पराजित भएपनि समग्रमा ६ अंक बटुलेर ब्राजिल सो समूहको विजेता र लिग चरणको अन्तिम खेलमा सर्वियालाई ३-२ गो अन्तरले पराजित गरी स्वीट्जरल्याण्ड उप-विजेता बनेर नकाउट चरण प्रवेश गरेको छन् । ब्राजिलले लिग चरणको पहिलो खेलमा सर्वियालाई २-० गोल अन्तरे र दोश्रो खेलमा स्वीट्जरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

गएराती लुसेल रंगशालामा सम्पन्न समूह ‘जी’ मा रहेका ब्राजिल र क्यामरुन बीचको रोमाञ्चक खेलको इञ्जुरी समयमा क्यामरुनका भिन्सेण्ट अबुबरले हेड मार्फत गोल गरेका थिए तर गोल गरेपछि जर्सी फुकालेकाले रेफ्रीले उनलाई पहेलो कार्ड देखाएपछि दोहोरो पहेलो कार्ड पाएका कारण उनी मैदान छाडेका थिए ।

यस्तैगरी सोही समयमा समूह ‘जी’ मा रहेका स्वीट्जरल्याण्ढ र सर्विया बीचको खेलको २०औं मिनेटमा स्वीट्जरल्याण्डका जर्दान साकिरीले गोल गोरी आफ्नो टोलीलाई अग्रता दिएका थिए तर खेलको २६औं मिनेटमा सर्वियाका अलेक्जाण्डर मित्रोभिचले गोल गरी सर्वियालाई बराबरीमा प-याए भने खेलको ३५औं मिनेटमा हर्वियाका डुसान लाहोभिचले गोल गरी खेलमा सर्वियालाई अग्रता दिलाए तर खेलको पहिलो हाफको आन्तिम मिनेटमा स्वीट्जरल्याण्डका ब्रिल एम्बोलोले गोल गरी खेल बराबरीमा पु-याए भने खेलको दोश्रो हाफको पहिलो मिनेटमै स्वीट्जरल्याण्डका रेमो फ्रेलरले गोल गरी स्वीट्जरल्याण्डलाई ३-२ गोल अन्तरले अग्रता दिलाए ।

लिग चरणका खेलमा ब्राजिलसँग १-० गोल अन्तरले पराजित भएको स्वीट्जरल्याण्डले क्यामरुनलाई १-० र सर्वियालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

यो समूहबाट ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको क्यामरुन सर्वियासँग बराबरी र स्वीट्जरल्याण्डसँग पराजित भई तीन खेलमा ४ अंक बटुलेपनि लिग चरणबाटै बाहियियो भने १ खेलमा बराबरी र २ खेलमा पराजित भई तीन खेलमा १ अंक बटुले उक्त समूहको पुछारमा रहेर सर्विया पनि क्यामरुनसँगे लिग चरणबाटै बाहिरियो ।

नकाउट चरणमा समूह ‘जी’ को विजेता ब्राजिलले समूह ‘एच’ को उप-विजेता दक्षिण कोरिया र समूह ‘जी’को उप-विछेता स्वीट्जरल्याण्डले समूह ‘एच’को विजेता पोर्तुगलसँग खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *