दम तथा छातीमा संक्रमण भएर यही जेठ १५ गते काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएर उपचार गरिरहेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव तथा नेपाली कम्युनिष्ट आन्दोलनका बरिष्ठ नेता मोहन वैद्य ‘किरण’को सघन उपचाार कक्षमा उपचार भइरहेको सो अस्पतालले जनाएको छ । दम लगायतका समस्याबाट पीीडित वैद्य पछिल्ला दिनमा पार्टी तथा राजनीतिक कार्यमा क्रियाशील बन्न सक्नुभएको छैैन ।

उपचाररत महासचिव बैद्यको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।