ख्वप साकोसको १७औं वार्षिक साधारणसभा सम्पन्न


भक्तपुर नगरपालिका-२, व्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को १७औं वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय समिति सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा २०८१ पुस २७ गते शनिबार श्री बासु मा.वि. कालीघाट, भक्तपुरमा सम्पन्न भयो । प्रमुख अतिथि सुवालले पानसमा दीप प्रज्वलन गरि उक्त साधारण सभाको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले संस्थाका ७० बर्ष पुगेका १७ जना जेष्ठ शेयर सदस्यहरुलाई सम्मान र २०८० सालमा एसईई (SEE) उत्तीर्ण भएका १७ जना संस्थाका शेयर सदस्यका छोराछोरीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभयो । त्यसै अवसरमा मन्तव्य व्यक्त गर्दै उहाँले सहकारी सदस्यहरुलाई आर्थिक रुपमा मात्र क्रियाशील नगरी समाज सेवामा लगाउनुपर्छ । शेयर सदस्यहरुलाई गीत ,संगीत र नाचगानको प्रशिक्षण पनि चालु राखेमा शेयर सदस्यहरु स्वस्थ हुन्छ । आमाबुबाले मध्यपान र ध्रुमपान गर्दा छोराछोरीको मष्टिष्क कमजोर हुन्छ । सहकारीले पैसाको कारोबारमा मात्र सिमित नभई शिक्षा स्वास्थ्य संस्कृतिमा पनि चिन्तन गर्नुपर्छ । नयाँ पुस्तालाई चित्रकला लगायत अन्य विधाको प्रशिक्षण दिनुपर्छ’ भन्नुभयो । ‘केही दिन पहिले प्रतिनिधि सभाको परराष्ट्र तथा मानव अधिकार समितिमा चिनीया वायुसेवा निगमको प्लेन चलाउन नदिएको चर्चा भएको, यो चलाउन नदिने को हो भनी प्रश्न गरेको र एयरपोर्ट बनाउन भ्रष्टाचार गर्नलाई हो भनी सत्तापक्षका सांसदले बोल्दा भ्रष्टचार गर्ने को हो भनी आपत्ति प्रकट गर्दा समितिका सभापतिले निरंकुश राणा शासन देखाउन खोज्दा त्यसको प्रतिबाद गरेर नंग्याएको हो’, उहाँको थप भनाई थियो ।
त्यस अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले सहकारी संस्थाहरुको अनुगमन गरिरहेका बताउदै सहकारी अध्यादेश सहकारीको औचित्य समाप्त गरी कमजोर नेतृत्व तयार गर्न ल्याएको हो’, भन्नुभयो ।
यसैगरी भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि का सञ्चालक समिति सदस्य काजीबहादुर पंचले शुभकामना मन्तव्य व्यक्त गर्दै यो संस्थाको आर्थिक गतिविधि सकारात्मक छ’, भन्नुभयो । उहाँले सरकारले ल्याएको सहकारी सम्बन्धी अध्यादेश संशोधन गराउनु बागमती प्रदेशका १३ वटा जिल्ला संघ र बागमती प्रोस्कूनसँग मिली आन्दोलन गर्न आवश्यक छ ,त्यसको लागि ख्वप साकोसलाई आन्दोलनमा आउन तयार रहन अनुरोध गर्नुभयो । उहाँले आ.व.२०८०/०८१ का असल बचतकर्ता पुण्यश्वरी ब्याञ्जु र असल ऋणकर्ता संजय खर्वूजालाई प्रमाण पत्र वितरण गरी सम्मान गर्नुभयो ।
साधारण सभामा ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का सल्लाहकार कुमार लघुले सो संस्थाको १७औं वाषिृक साधारणसभा सफलताको शुभकामना व्यक्त गर्दै संस्थाको प्रगति भएकोमा खुशी ब्यक्त गर्नु्भयो ।

त्यसैगरी उक्त संस्थाका अर्का सल्लाहकार बिमल राजचलले यस संस्थामा महिला सदस्य बढी भएकोले नेतृत्वमा पनि महिला सदस्य बृद्धि गर्न अनुरोध गर्नुभयो ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुको अध्यक्षतामा सम्पन्न उक्त १७औंं बार्षिक साधारणसभामा संस्थाका सचिव अमर बासुकलाले प्रस्तुत गर्नु भएको संस्थाको आ.व. २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मीनारयण सुवालले प्रस्तुत गर्नुभएको संस्थाको आर्थिक प्रतिवेदन र आ.व. २०८१/०८२ को अनुमानित आय ब्यय र लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीदास बासुकलाले प्रस्तुत गर्नु भएको संस्थाको आ.व. २०८०/०८१ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन सो साधारण सभाबाट पारित गरिएको थियो ।

साधारण सभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष

लघुले त्यस संस्थाको गतिविधि र भावी कार्यक्रमको बारेमा प्रकाश पार्नुभयो ।

साधारण सभामा त्यसै संस्थाका सञ्चालक विकाश व्याञ्जु र लेखा सुपरीवेक्षण समिति सदस्य कृष्णराम सुलुले सहकारीको महत्वमाथि प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *