गजलक्ष्मी साक‍ोसद्वारा सदस्यहरुलाई लाभांश वितरण !

ललितपुर महानगरपालिका-९, भ‍ोलढ‍ोकामा रहेको गजलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७९/०८० मा आर्जन गरेको मुनाफाबाट सदस्यहरुलाई ३ प्रतिशत लाभांश वितरण गर्न लागेको जनाएको छ । २०८० पुस २७ गते ललितपुरमा सम्पन्न उक्त संस्थाको ११औँ वार्षिक साधारण सभाले गरेको निर्णय अनुसार सो लाभांश वितरण गर्न लागेको जनाइएको छ । स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको त्यस संस्थामा १० प्रतिशत भन्दा बढी तरलता रहेको र संस्थाको उठ्न नसक्ने अवस्थाको खराब ऋण नरहेको सोही संंस्थाका सचिव सगुन शाक्यले

अलगपथलाई बताउनुभय‍ो । उहाँले निकट भविष्यमा यस संंस्थाको सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्ने य‍ोजना रहेको बताउनुभय‍‍ो । ललितपुर महानगरपालिका वडा नं.६,८,९,१२,१६ र १७ मा कार्यक्षेत्र रहेको यो संस्थामा शेयर पूँजी रु.१,०५,०८,४००, निक्षेप संकलन रु.९,९१,३६,०९९.५५, कर्जा लगानी रु.१४,००,५२,५९४ र जगेडा तथा अन्य कोष रु.६९,७०,०६७ रहेको उहाँको भनाइ छ ।

उक्त संस्थामा गत वर्ष निर्वाचित विन‍ोद अवाले- अध्यक्ष, विजयकृष्ण महर्जन-उपाध्यक्ष, सगुन शाक्य-सचिव, सुरेश महर्जन-कोषाध्यक्ष तथा रविन महर्जन, अशोक महर्जन र विश्व महर्जन- सदस्य रहेको सञ्चालक समिति र सुजन शाक्य-संयोजक तथा मनोज महर्जन र रिकेन महर्जन- सदस्य रहेको लेेखा सुपरीवेक्षण समिति सहित विभिन्न उप-समितिहरु क्रियाशील छन् ।

सोही संस्थाका अध्यक्ष विन‍ोद अवालेको अध्यक्षता तथा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संंघ लि.का सञ्चालक एवं बहुउद्देश्यीय सहकारी संंघ लि.,ललितपुरका अध्यक्ष शरदकुमार महर्जनको प्रमुख आतिथ्यतामा २०८० पुस २७ गते सो संंस्थाको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको थियो । त्यय अवसरमा प्रमुख अतिथि महर्जनले सहकारीको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्दै सहकारी सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात गरी सञ्चालन भइरहेका सहकारी संस्थामा खासै समस्या नरहेको बताउनुभएको थियो । स्थापना भएको छ‍ोटो समयमा गजलक्ष्मी साकोसले राम्रो प्रगति गरेको देख्ता खुशी लागेको बताउदै उहाँले यतिबेलापनि यो संस्थाका सबैजसो सूचकाङ्क राम्रो रहेकोले सदस्यहरुले ढुक्क भएर यस संस्थामा कारोबार गर्न आग्रह गर्नुभएको थियो ।

साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तु्त गर्दै त्यसै संस्थाका अध्यक्ष अवालेले

समाजमा छरिएर रहेको स-सानो रकमलाई बचतको माध्यमबाट संकलन गरि सहुलियत व्याजदरमा ऋणको रुपमा सदस्यहरुमा प्रवाह गरि सदस्यहरुको सामाजिक, आर्थिक र सांस्कृतिक जीवनस्तर माथि उठाउने उद्देश्यले स्थापना भएको हाम्रो यो संस्था सदस्य ज्यूहरुको साथ र सहय‍ोग तथा कर्मचारीहरुको इमान्दारिता र मेहनतले निरन्तर प्रगतिगतपथमा अगाडि बढ्न सफल भएको बताउनुभएको थियो । सोही संंस्थाका उपाध्यक्ष विजयकृष्ण महर्जनले स्वागत मन्तव्य व्यक्त गरेको सााधारण सभामा सो संंस्थाका कोषाध्यक्ष सुरेश महर्जनले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संंय‍ोजक सुजन शाक्यले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुुत गर्नुभएको थियो । सदस्यहरु बीच छलफल भई साधारण सभाबाट ती प्रतिवेदनहरु पारित भएका थिए ।

😑

Leave a Reply