गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालद्वारा पदभार ग्रहण

गण्डकी प्रदेश सभाका नवनिर्वाचित सभामुख कृष्णप्रसाद धितालले पदभार ग्रहण गर्नुभएको छ । आज दिउसो गण्डकी प्रदेश सभाबाट ३२ मत प्राप्त गरी सभामुखमा निर्वाचित

धितातले आजै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट सभामुखको पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको थियो ।

गोरखा क्षेत्र नं.१(क) बाट निर्वाचित नेकपा (माके)का गण्डकी प्रदेश सभा सदस्य धिताल नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई पछि पारी सभामुखमा निर्वाचित हुनुभएको थियो । उहाँलाई नेकपा (एमाले)का २१, नेकपा (माके)का ८, राप्रपाका २ र नेकपा (एस)मा प्रवेश गरेका राजिव गुरुङ उर्फ दीपक मनाडे गरी गण्डकी प्रदेश सभाका ३२ जना सदस्यले मतदान गरेका थिए भने उहाँका प्रतिस्पर्थी नेपाली कांग्रेसकी अर्याललाई नेपाली कांग्रेसका गण्डकी प्रदेश सभाका २६ सदस्यले मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *