गाम्चा साकोसको कूल कारोबार रु.३६ करोड

भक्तपुर/ भक्तपुरको सूर्यविनायक नगरपालिका-४, गाम्चा चोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को कूल बारोबार रु.३६ करोड पुगेको जनाइएको छ । सोही संस्थाकी व्यवस्थापक निता अधिकारीले उक्त संस्थामा शेयर सदस्य संख्या ३,५०० , शेयर पूँजी रु.३ करोड ४१ लाख १५ हजार , निक्षेप संकलन रु.१७ करोड , ऋण लगानी रु.२१ करोड र जगेडा तथा अन्य कोष रु.१ करोड रहेको अलगपथलाई बताउनुभयो ।

सूर्यविनायक नगरपालिका भर कार्यक्षेत्र रहेको सो संस्था स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको देखिएको छ । ४२ वटा लघुवित्त महिला समूह रहेको सो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ । सहकारीको सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसाथ गरी सञ्चालन भइरहेको त्यस संस्थाले सामाजिक उत्तरदायित्व विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैक्रममा सो संस्थाको वार्षिक कार्ययोजना अन्तर्गत त्यसै संस्थाको आयोजनामा यही असार ८ गते सहकारी शिक्षा तथा लघुवित्त शिक्षा सम्बन्धी १ दिवसीय अन्तर्क्रिया कार्यक्रम सोही संस्थाको कार्यालय भवनमा सम्पन्न भयो ।

उक्त संस्थाका सञ्चालक समिति ,लेखा सुपरीवेक्षण समिति तथा विभिन्न उप-समितिका पदाधिकारी तथा सदस्यहरू र सो संस्थाबाट सञ्चालित लघुवित्त कार्यक्रमका समूह संयोजकहरूलाई लक्षित गरी सम्पन्न कार्यकममा प्रमुख अतिथि सहकारी विज्ञ उद्धव चौलागाईले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको त्यसै संस्थाका अध्यक्ष विकास खड्काले अध्यक्षता र सचिव विदुर खड्काले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्दै त्यस संस्थाका अध्यक्ष खड्काले तत्यसै संस्थाको गतिविधि लगायतका विषयमा प्रकाश पार्नु भएको थियो ।

Leave a Reply