भक्तपुरको सूूर्यविनायक नगरपालिका-४ , गाम्चाचोकमा आफ्नै सुबिधा सम्पन्न बहुउद्देश्यीय भवनमा सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी संंस्था लि.को १५औँ वार्षिक साधारण सभा २०८० असोज १३ गते शनिबार श्री अरनिको मा.वि. गाम्चामा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष विकास खड्काको अध्यक्षता तथा सूर्यविनायक नगरपालिकाका मेयर बाशुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा त्यसै संस्थाका जेष्ठ सदस्यद्वय यानुकादेवी खड्का र रणबहादुर खड्कालाई सम्मान गरियो ।

प्रमुख अतिथि थापाले पानसमा दीप प्रज्वलन गरी सााधारण सभाको उद्घाटन गर्नुभयो । सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै उहाँले सहकारीको विकास र प्रवर्द्धन विना समृद्ध नेपाल र सुखी नेपाली कार्यक्रम सफल हुन नसक्ने विचार व्यक्त गर्नुभयो । भक्तपुरमा ३/४ वटा बाहेक अरु सहकारी संंस्था राम्रोसँग चलेको आफूले जानकारी पाएको बताउदै उहाँले ‘सहकारी सिद्धान्त, नीति, विधि र पद्दतिमा भित्र रहेर गाम्चा साकोस चलेको रहेछ र यसका सबै सूचकाङ्क पनि राम्रा रहेछन् , अब यसले आयमूलक, सीपमूलक र रोजगारीमूलक उत्पादनशील क्षेत्रमा आफ्नो लगानी बढाई सिष्टममा टेकेर अगाडि बढोस्’, भन्नुभयो ।
साधारण सभामा सूर्यविनायक नगरपालिका वडा नं.४ का वडाध्यक्ष लछुराम न्यौपाने र वडा नं.७ का वडाध्यक्ष रविन्द्र सापकोटा , सोही नगरपालिकाका सहकारी शाखा प्रमुख राजेन्द्र श्रेष्ठ, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का लेखा सुपरीवेक्षण समिति संयोजक बालमुकुन्द उपाध्याय , जिल्ला सहकारी संंघ लि., भक्तपुरका सञ्चालक राजकुमार सिलवाल , पारिजात बचत तथा ऋण सहकारी संंस्था लि.,कटुञ्जेका अध्यक्ष टंक काफ्ले लगायतले सो संस्थाको प्रगतिप्रति प्रशन्नता व्यक्त गर्दै थप प्रगतिको कामना गर्नुभयो ।

साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त संस्थाका अध्यक्ष खड्काले वित्तीय संकटका बीचमा पनि हाम्रो यो संस्था प्रगतिपथमा अगाडि बढिरहेको बताउनुभयो ।
साधारण सभामा त्यसै संस्थाका सचिव विदुर खड्काले संस्थाको आ.व.२०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन र आ.व.२०८०/०८१ को प्रस्तावित कार्य योजना, कोषाध्यक्ष सुशिल खड्काले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सविता भट्टराईले संस्थाको लेेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
शेयर सदस्यहरु बीच छलफल भई साधारण सभाले ती प्रतिवेदनहरु पारित ग-यो ।
साधारण सभाले पारित गरेका प्रतिवेदनहरुमा २०८० खसार मसान्तसम्म सो संंस्थामा २,०१६ महिला र १,४२० पुरुष गरी शेयर सदस्य संख्या ३,४३६, महउला सदस्यहरु मध्येबाट ४४ वटा लघुवित्त समूह, बचत संकलन रु.१८,३८,७७,३८४ , ऋण सापटौ रु.१४,५८,३१,१५२, शेयर पूँजी रु.३,७७,६२,३०० र कूल कारोबार रु.३८,९३,०६,२३३ रहेको उल्लेख छ ।
त्यस संस्थाका उपाध्यक्ष राजथलाले स्वागत मन्तव्य , सचिव विदुर खड्काले सञ्चालन र व्यवस्थापक निता अधिकारीले संयोजनमूलक कार्य गर्नु भएको साधारण सभामा सोी संस्थाका अध्यक्ष खड्काले प्रमुख अतिचि

र अतिथिहरु मायाको चिनो प्रदान गर्नुभयो ।
साधारण सभामा श्री अरनिको मा.वि. गाम्चा, भक्तपुरलाई रु.१५,००० छात्रबृद्धि प्रदान गरियो भने त्यसै संस्थाका शेयर सदस्य तथा शुभचिन्तक रहेका अष्ट्रेलियामन कसोबास गर्दै आएका विनद खड्काले प्रदान गरेको रु.३५ हजार संस्थाका शेयर सदस्यहरुका छोराछोरी मध्ये निषा कठरिया, खुशी राजथला, रिजन नापित, रुक्सन सैंजु , सम्प्रद नगरकोटी , कृष्ण राजथला र तुलशा बोहरालाई प्रदान गरियो ।







