भक्तपुरको सूर्यविनायक नगरपालिका-४, गाम्चा चोकमा आफ्नै बहुउद्देश्यीय भवनबाट सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी सस्था लि.को १५औँ स्थापना दिवसको उपलक्ष्यमा यही पुस ३ गते मंगलबार श्री चित्रपुर आधारभूत बिद्यालय , चित्रपुरका ७२ जना बालबालिकालाई शैक्षिक सामाग्री र दिवा खाजा वितरण गरिएको छ ।


सो संस्थाका अध्यक्ष विकास खड्का लगायतले उक्त विद्यालयमा आयोजित कार्यक्रममा त्यसै विद्यालयका बालबालिकालाई सो सामाग्री वितरण गर्नुभएको थियो । सूर्यविनायक नगरपालिका वडा नं.४ का वडा सदस्य समेत रहेका श्री चित्रपुर आधारभूत विद्यालय, चित्रपुरका व्यवस्थापन समितिका अध्यक्ष उज्वल राजथलाले त्यस कार्यक्रमको अध्यक्षता गर्दै श्री चित्रपुर आधारभूत विद्यालय, चित्रपुुरका बालबालिकालाई शैक्षिक सामाग्री र दिवा खाजा वितरण गरेकोमा गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.लाई धन्यबाद ज्ञापन गर्नुभएको थियो । सो विद्यालय परिवारले गाम्चा बचत तथा ऋण सहकारी संंस्था लि.को टोलीलाई स्वागत गरेको थियो ।

त्यसै अवसरमा गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष खड्काले सो संस्थाको गतिविधि बारे प्रकाश पार्दै ‘आजका बालबालिकाहरु भोलिका देेेशका कर्णधार भएकोले उनीहरुलाई सुयोग्य नागरिक बनाउन सबैको सहयोग आवश्यक छ’, भन्नुभयो । उहाँले जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने जस्ता कार्य गर्दै आएको गा्म्चा बचत तथा ऋण सहकारी संस्थाले विगतदेखि गर्दै आएको कार्यको निरन्तरता स्वरुप यो विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री र दिवा खाजा वितरण गरेको बताउनुभयो । सोही अवसरमा सूर्यविनायक नगरपालिका वडा नं.४ वडा सदस्य समेत रहेका गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.का सचिव विदुर खडकाले गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.ले बचत तथा ऋण सहकारी संंस्था लि.ले बचत तथा ऋण कारोबार मार्फत आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि सहयोग पुग्ने गरी कार्य गरिरहेको बताउनुभयो ।
गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को १५औँ स्थापना दिवसको उपलक्ष्यमा सरसफाई, दीप प्रज्वलन लगायतका साताव्यापी कार्यक्रम गरिएको थियो । सोही कार्यक्रम अन्तर्गत गत मंसिर ८ गते सो संस्थाको कार्यालय भवनबाट शुरु भई सूर्यविनायक नगरपालिका वडा नं. ४ को वडा कार्यालय हुँदै सिकारीटार जाने बाटोसम्म सरसफाई गरिएक थियो भने सोही संस्थाको आयोजनामा सूर्यविनायक नगरपालिका वडा नं.४ मा रहेका धार्मिक र पौराणिक महत्व बोकेको विरुपाक्षेश्वर महादेव मन्दिर, भृकुटेश्वर महादेव मन्दिर र अनन्त विनायक गणेश मन्दिर सरसफाई गरी त्यहाँ फोहोर राख्ने भाडो (डष्टविन) वितरण गरिएको थियो । उक्त सरसफाई तथा डष्टविन वितरण कार्यक्रमा गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा लघुवित्त उपसमिति सहितका उपसमितिहरुका पदाधिकारी तथा सदस्यहरु, कर्मचारीहरु र शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको यो संस्थाले बचत तथा ऋण कारोबारसँगै ४२ वटा महिला समूह मार्फत लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । समुदायमा आधारित रही संस्थागत सुशासन कायम गरी अगाडि बढिरहेको यस संस्थाले फुल खेेती गर्ने शेयर सदस्यहरुलाई फुलको बेर्ना वितरण गर्ने, उद्यमशील कार्य गर्न चाहने शेयर सदस्यहरुलाई सीपमुलक तालिम प्रदान गर्ने जस्ता कार्य गर्दै आएको त्यसै संस्थाकी व्यवस्थापक निता अधिकारी सुबेदीको भनाइ छ ।





