आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)की उमा लुङ्गेली मगर शेर्पा २,८०५ मत प्राप्त गरि विजयी भइन् । उनकी प्रतिस्पर्धी नेकपाका (माके)की निमलेकी शेर्पाले २,६०० , नेपाली कांग्रेसकी पासदिकी तामाङले १,७२७ , राप्रपाकी मनकुमारी श्रेष्ठले ११८, रास्वपाकी गोमा श्रेष्ठले १००, नेकपा (एस)की रविना खड्काले ९० , जसपाकी सपनन कार्की खड्काले २३ तथा स्वतन्त्र उम्मेद्वारहरु दिलबहादुर बस्नेतले ४, सर्किमा शेर्पाले ३, अम्बिका श्रेष्ठ, द्वारिका बुढाथोकी र शिवशम्भु तामाङले २/ २ र दीपक तामाङ, अप्सरा विश्वकर्मा, मधुरा कार्की १ र पुष्प कार्कीले १/१ मत पाए ।
यो सहित नेकपा (एमाले)ले एउटा गाउँपालिकाको अध्यक्ष, दुईवटा गाउँपालिकाको उपाध्यक्ष र पाँचवटा वडाको वडाध्यक्षमा विजय हासिल गरेको छ ।





