चिनीया विदेश मन्त्री वाङ यी को भ्रमण हुन सकेन नेपालका लागि उपलब्धीमुलक

काठमाडौं/ पाकिस्तान, अफगानस्थान र भारत हुदै गत शुक्रबारदेखि ३ दिने नेपाल भ्रमण गरी आइतबार दिउसो स्वदेश फर्किएका चिनीया विदेश मन्त्री वाङ यी को नेपाल भ्रमण नेपालका लागि खासै उपलब्धीमुलक हुन नसकेको कतिपय जानकारहरुको भनाई छ । नेपाल र चीनका परराष्टृ मन्त्री बीच ९ बुँदे सहमती भयो । यो सकारात्मक छ तर यी दुई देश बीच यस अगाडि भएका तर अझै कार्यान्वयनमा आउन नसकेका सहमतीलाई कार्यान्वयनमा अगाडि बढाउने गरी कुनै ठोस कार्य हुन सकेन , जसले ती सम्झौता झन् अलपत्र परेका छन् ।

मन्त्री वाङ यी को यो भ्रमणको उद्देश्य नेपाली भूमि चीन विरोधी गतिविधिमा प्रयोग नहोस् र नेपाल एक चीन नीतिको पक्षमा उभिरहोस भन्ने रहेको देखिएको छ । १ महिना अगाडि संसदबाट पारित भएको एमसीसी सम्झौताको बारेमा कुनै प्रतिक्रिया व्यक्त नगरेपनि नेपालको आन्तरिक मामिलामा बाह्य सहभागिता चीनका लागि मान्य नहुने र नेपालले आफ्नो आन्तरिक मामिला आफैले व्यवस्थापन गर्नुपर्छ भनी घुमाउरो भाषामा अभिव्यक्ति दिएर चीन नेपालमा आएको एमसीसीको पक्षमा नरहेको संकेत विदेश मन्त्री वाङ यीले गरेको कुटनीतिक मामिलाका कतिपय जानकारहरु बताउछन् । आफ्नो नेपाल बसाईका क्रममा चिनीया विदेश मन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा , परराष्ट्र मन्त्री डा.नारायण खड्का, नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली र नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल बीच भेट गर्नु भएको थियो ।

Leave a Reply