चुनावको मिति नजिकिदै जादा ग्यास अभावले उपभोक्तालाई पीर

आउदो फाल्गुण २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिदै जाँदा केही दिनयता काठमाडौं उपत्यका लगायतका स्थानमा खाना पकाउने ग्यास अभाव हुँदा उपभ‍ोक्तालाई पीर परेको छ । ग्यास डिपो तथा पसलमा पर्याप्त मात्रामा खाना पकाउने ग्यास ग्यास उद्योगबाट आवश्यकता आपूर्ति हुन नसकेको ग्यास पसल सञ्चालक बताउछन् । ग्यास उद्योगबाट आवश्यकता अनुरुप खाना पकाउने ग्यास नआएकाले आफूले आफ्ना नियमित ग्रााहकलाई खाना पकाउने ग्यास उपलब्ध गर्न नसक्ता आफूले ग्राहकको नमिठ‍ो गाली खानु परेक‍ काठमाडौंका कोटेश्वरमा ग्यास पसल सञ्चालन गर्दै आएका एक ग्यास पसल सञ्चालकले दुखेसो गरे ।

चुनावको मिति नजिकिदै जाँदा कालाबजारी र कार्टेलिङ जस्ताा बेथिति बढेको छ तर सरकार बेखबर जस्तो भएको कतिपय सरोकारवालाहरु बताउछन् । यसले बजारमा महङ्गी र व्यापारीहरुको आफूखुशी मनोमानी बढेको उपभोक्ताहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *