चुनाव चिन्ह पाएसँगै मत माग्दै उम्मेद्वारहरु

काठमाडौं/ निर्वाचन आयोगले शनिबार चुनाव चिन्ह प्रदान गरेसँगै आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी मनोनयन गरेका स्वतन्त्र तथा विभिन्न राजनीतिक दलका उम्मेद्वारहरु सहयोगीहरुको साथमा मतदाताहरुको घर-घरमा पुगेर मत माग्न थालेका छन् ‌। देशभर विभिन्न पदमा उम्मेद्वारी मनोनयन गरेका १ लाख ५३ हजार उम्मेद्वारमध्ये साँढे ८ हजार जति उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए भने बाँकी १ लाख ४५ हजार जति उम्मेद्वारहरुलाई निर्वाचन आयोगले शनिबार चुनाव चिन्ह प्रदान गरेको थियो ।

उम्मेद्वारहरुले आफूले चुनाव जितेमा गर्ने कार्यको सूची सहितको घोषणा-पत्र या प्रतिबद्धता-पत्र जारी गरेका छन् ‌। उनीहरुमध्ये धेरैले जारी गरेका घोषणा-पत्रमा उल्लेखित कतिपय विषय भने पूरा हुन नसक्ने कतिपय जानकारहरु बताउछन् ।

Leave a Reply