चुनाव प्रचारको अन्तिम दिन आज ,उम्मेद्वारहरु मत माग्न व्यस्त

काठमाडौं/ आउदो जेठ ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि चुनाव प्रसार प्रसार गर्ने आज अन्तिम दिन भएकोले उम्मेद्वारहरु मतदाता समक्ष मत माग्न व्यस्त छन् । आज भरे मध्यरातबाट मौन अवधि शुरु हुने भएकोले आज विहानैदेखि उम्मेद्वारहरु मत मागिरहेका छन् । निर्वाचन भन्दा ७२ घण्टा अगाडिबाट शुरु हुने मौन अवधिमा चुनाव प्रचार प्रसार गर्न नपाइने कानुनी व्यवस्था छ । यो मौन अवधिमा तटस्थ रहेका मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेद्वार र निजका समर्थकले अन्तिम कसरत गर्ने बिगतका निर्वाचनहरुलाई राम्ररी नियालेकाहरु बताउछन् ।

धेरैजसो उम्मेद्वारहरुले मतदाताहरुलाई आफ्नो पक्षमा पार्न विभिन्न आश्वासन समेत दिइरहेका छन् तर बिगतमा विभिन्न आश्वासन दिने तर चुनाव जितेपछि आफूले मतदाता समक्ष गरेको प्रतिबद्धता अधिकांश जनप्रतिनिधि पुरा नगरेकाले र धेरैजसो स्थानीय तहमा बेरुजु उच्च स्तरमा रहेको देखेका कतिपय मतदाताहरु उम्मेद्वारहरुलाई चुनाव जितेर आफूले पूरा गर्न सक्ने कुरा मात्रै बोल्न मत माग्न आउने उम्मेद्वारहरुलाई भनेको समेत देखिएको छ ।

यो पटकको चुनावमा दलीय आधारमा भन्दा स्वतन्त्र उम्मेद्वारको संख्या बढी रहेको छ । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माके), नेकपा (एस) जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा , राप्रपाले आफ्नो अनुकुलतामा चुनावी गठबन्धन गर्दा पार्टीबाट उम्मेद्वार बन्न नपाएपछि पार्टी छाडेर स्वतन्त्र उम्मेद्वार बन्नेको संख्या ठुलो भएको जानकारहरुको भनाई छ । देशभरका स्थानीय तहका विभिन्न पदमा १ लाख ४५ हजार उम्मेद्वार मध्ये स्वतन्त्र उम्मेद्वारको संख्या निकै ठुलो रहेको निर्वाचन आयोगको भनाई छ ।

भरे मध्यरातबाट सीमानाका बन्द

नेपाल सरकारले आज भरे मध्यरातबाट भारत र चीनसँग जोडिएका सीमानका स्थानीय तहको निर्वाचन सम्पन्न नहुञ्जेलसम्म बन्द गर्ने जनाएको छ । भारतसँगको खुल्ला सीमाका कारण सुरक्षा चुनौति बढी रहेको विज्ञहरुको भनाई छ । सरकारले भने सीमानकामा सुरक्षा व्यवस्था कडा बनाउने जनाएको छ ।

मृत्यु भएका म्यादी प्रहरीका परिवारलाई २० लाख

सरकारले डिउटी रहेको अवस्थामा मृत्युको भएमा म्यादी प्रहरीका परिवारलाई राहत स्वरुप रु.२० लाख प्रदान गर्ने जनाइएको छ । यसबेला सम्म ४ जना पुरुष म्यादी प्रहरीको मृत्यु भएको र ललितपुरमा एक महिला म्यादी प्रहरीले आत्महत्या गरेको जानकारी प्राप्त भएको छ । आत्महत्या गर्ने गरेकी ती महिला म्यादी प्रहरीको आत्महत्याको कारण भने प्रष्ट भइनसकेको समाचारमा उल्लेख छ ।

निर्वाचनको दिन पास भएका सवारी साधन मात्रै चल्ने

प्रहरी प्रशासनले स्थानीय तहको निर्वाचन हुने आउदो बैशाख ३० गते शुक्रबार पास भएका सवारी साधनलाई मात्रै चल्न दिने भएको छ । हवाई यातायातबाट स्वदेश आउने नागरिकलाई भने उनीहरुको राहादानी र हवाई टिकटको आधारमा गन्तव्यसम्म जान सक्ने व्यवस्था गर्ने जनाइएको छ ।

Leave a Reply