जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि.,मोरङको अध्यक्षमा माधव अधिकारी पुन: चयन

पुुन: माधव अधिकारीको अध्यक्षतामा सञ्चालक समिति र बद्री दाहालको संयोजकत्वमा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र सदस्यहरु निर्विरोध चयन गर्दै जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि.,मोरङको निर्वाचन सहितको १०औ वार्षिक सााधारण सभा २०८० माघ १३ गते शनिबार विराटनगरमा सम्पन्न भयो । ४ वर्ष कार्यकाल रहने उक्त सञ्चालक समितिको उपाध्यक्षमा लक्ष्मण वैद्य, सचिवमा हिमा मैनाली र सदस्यमा मञ्जु गौतम, जयनारायण यादव , आशा माझी, चन्द्रबहादुर कार्की , सन्तोष मण्डल र कृष्णबहादुर श्रेष्ठ तथा लेखा सुपरीवेक्षण समिति सदस्यमा सूर्यनारायण माझी र विणा बराल चयन हुनुभएको छ ।

साधारण सभाले उक्त संघको वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रतिनिधिहरु वीच छलफल गरि पारित गरेको थियो । आर्थिक वर्ष २०७९/०८० मा रु १,७५,००० शेयर पूँजी रहेको त्यस संघमा रु.५० लाख जति कारोबार भएको उल्लेख छ ।

साधारण सभाको राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका बरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लि.का पूर्व अध्यक्ष रमेशप्रसाद पोखरेलले उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले केही सहकारी संस्थाका सञ्चालकले गरेको खराव कार्यले केही समय सहकारी क्षेत्र बद्नाम भएपनि सरकारले खराव कार्य गर्ने त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याएकोले आगामी दिनमा राम्रा सहकारी मात्रै रहने बताउनुभयो । उहाँले सहकारीको आवश्यकता र महत्वबारेेमा चर्चा गर्नुभएको थियो । यसैगरी कोशी प्रदेश सहकारी संघ लि.का अध्यक्ष डा.डिल्ली पोखरेलले त्यस संंघको थप प्रगतिको कामना गरेेका थिए ।

सहकारी अभियन्ता दीपक कर्ण ,राकेश दाहाल , इम्तियाज आलम, अमृत गुरुङ , कृष्णबहादुर माझी लगायतको उपस्थिति रहेको सो सााधारण सभामा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको बरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन भएका रमेशप्रसाद पोखरेल र नेपालको अर्थतन्त्रको विकासमा कृषि सहकारी संंस्थाको भूमिका विषयमा विद्यावारिधि गरेका कोशी प्रदेश सहकारी संघ लि.का अध्यक्ष डा.डिल्ली पोखरेललाई सम्मान गरिएको थियो ।

Leave a Reply