नवनियुक्त प्रधानमन्त्री ओली सहितका मन्त्रीहरुको पद तथा ग‍ोपनीयताको सपथ आज

नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली तथा मन्त्रीहरुको पद तथा गोपनियताको सपथ ग्रहण आज विहान ११ बजे काठमाडौंको महाराजगञ्स्थित राष्ट्रपतिको कार्यालय शीतल निवासमा हुने भएको छ । हिजो साझ ५ बजेसम्म नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको मात्रै प्रधानमन्त्री पदमा दाबी परेकाले राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान,२०७२ को धारा ७६(२] अनुसार ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको मन्त्रीपरिषदमा नेपाली कांग्रेसबाट ९ र नेकपा (एमाले)बाट ८ र वाकी अन्य दलबाट मन्त्री बन्ने तय भएको बताइएको छ ।

यता ओलीलाई राष्ट्रपति पौडेलले नेपालको संविधान,२०७२ को धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकोप्रति कानुनका जानकारहरुले समर्थन र विरोध गरिरहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *