जनता समाजवादी पार्टी,नेपालका अध्यक्ष उपेन्द्र यादवले उप-प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री र सोही पार्टीका नेता दीपक कार्कीले वन तथा भू-संरक्षण राज्यमन्त्री पदबाट राजिनामा दिए लगत्तै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी, नेपालबाट विद्रह गरि बनाइएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र त्यसै पार्टीकी सांसद हसिना खानलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गर्नुभयो । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले प्रधानमन्त्री प्रचण्ड सहितको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्री प्रचण्डबाट पद तथा गोपनियताको सपथग्रहण गरि आ-आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभयो । पदभार ग्रहण गर्दै मन्त्री यादवले ठूला अस्पतालमा जनशक्ति थप्ने निर्णय गरेको बताइएको छ ।
