नागरिकता विधेयक प्रमाणिकरणको विषयले संसद अवरुद्ध,नयाँ नागरिकता विधेयक संसदमा दर्ता गर्न माग

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी राखेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिस अनुरुप एकाएक प्रमाणिकरणको घ‍ोषणा गरेेसँगै त्यसको विरोध र समर्थन भइरहेको छ ।

जसले नेपाली राजनीति तात्तिएको छ । नागरिकता विधेयकमा उल्लेख भएको विषय भन्दा पनि यसको प्रमाणिकरणको प्रक्रियाप्रति असन्तुष्ट देखिएका नेकपा (एमाले), रास्वपा र राप्रपाका सांसदले आज बसेको प्रतिनिधि सभाको बैठक अबरुद्ध गरे । ती दलहरुका सांसदहरुले उठेर विरोध गरिरहेपछि सभामुख देवराज घिमिरेले १ घण्टाका लागि भनेर स्थगित गरेको प्रतिनिध सभाको बैठक आज पुन: नबसी भोलि विहान ११ बजे बस्ने भनी संघीय संसद सचिवालयले ले सूचना टास ग-यो ।

नेकपा (एमाले), रास्वपा र राप्रपाका सांसदहरुले मात्रै नभई सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल समेतले संघीय संसदमा नयाँ नागरिकता विधेयक ल्याउनु पर्ने बताए ।

यता संविधान विपरीत अरुको स्वार्थ अनुरुप नागरिकता विधेयक प्रमाणिकरण गरेको भन्दै नेमकिपाका सांसद प्रेम सुवालले संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेल विरुद्धद महाअभियोग र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरि उनीहरुलाई राजीनामा गराउनु पर्ने बताउनुभयो ।

त्यस्तै गरि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले अंगिकृत नागरिकका छ‍ोराछोरीहरु वंशजको नागरिकता दिनु हुदैन भन्ने पक्षमा र‍हेको सञ्चारकर्मीलाई बताउनुभयो तर संघीय संसदमा रहेका अन्य दलहरु भने अंगिकृत नागरिकका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिनु पर्ने पक्षमा रहेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *