काठमाडौं/ नेकपा (एमाले)का नेता घनश्याम भुषालले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वाम गठबन्धन गरेर जानु पर्ने प्रस्ताव गरेसँगै नेपाली राजनीति तरङ्गित भ एको छ । नेता भुषालको सो प्रस्तावलाई नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली सहितका नेताहरुले अस्वीकार गरेको देखिएको छ तर नेता भुषाल आफ्नो सो प्रस्तावलाई अभियानको रुपमा अगाडि क्षणलाई रहनु भएको छ । । नेता भुषालको यो प्रस्तावप्रति नेकपा (माके) र नेकपा (एस) का नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । नेता भुषालको वाम गठबन्धन गरेर जानु पर्ने प्रस्तावले नेपाली कांग्रेस भित्र तरङ पैदा गरेको देखिएको छ । नेपाली कांग्रेस कसैसँग गठबन्धन नगरी एक्लै चुनावी तालमेल गरेर जानु पर्ने पक्ष उभिएका नेपाली काग्रेसका नेता शेखर कोइराला लगायतका नेताहरु कतै २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा झैं यो पटकको चुनावमा पनि वामगठबन्धन बन्ने त होइन भनेर झस्किएको देखिएको छ । नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल पनि नेपाली काग्रेसले एक्लै हिड्न खोजे उसलाई देखाईदिने रणनीतिमा रहेको जानकारहरु बताउछन् । नेपालमा कम्युनिष्ट पार्टीहरुको पक्षमा ६५ प्रतिशत भन्दा जनमत भएकोले वामपन्थी दलहरु गठबन्धन गरेर चुनावमा गए २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको जस्तै अवस्था हुन सक्नै विश्लेषकहरुको भनाई छ ।
स्थानीय तहको निर्वाचन नजिकिसँगै राजनीतिक दलहरु चुनाव केन्द्रित राजनीतिक गतिविधि गरिरहेका छन् । उनीहरु सो चुनावमा कसरी सफलता हासिल गर्न सकिन्छ भनेर रणनीति बनाइरहेका छन् ।
सिंह र मानन्धर नेकपा (एमाले) प्रवेश
पूर्व मन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर मंगलबार नेकपा (एमाले) प्रवेश गर्नु भएको छ । उहाँहरुलाई नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीले खादा ओडाएर स्वागत गर्नु भएको थियो । स्थानीय तहको चुनाव नजिकिँदै जाँदा राजनीतिक दलहरुले फरक दलका नेता कार्यकर्ता र स्वतन्त्र व्यक्तिहरुलाई भित्र्याउने क्रम पनि चलिरहेको छ ।
यता नेकपा (एमाले)का अध्यक्ष ओली भने निर्विघ्न आयोगले नेकपा (एमाले) माथि पुर्वाग्रही भएको बताइरहनु भएको छ
स्थानीय तहको चुनावमा उम्मेद्वार बन्ने जनप्रतिनिधिले राजिनामा गर्नु नपर्ने
सर्वोच्च आदालतले स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्दा बहालवाला जनप्रतिनिधिले राजिनामा गर्नु पर्ने प्रस्ताव कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतबाट मंगलबार सो आदेश भएको हो ।