नेकपा (एस)को १०औँ महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता, महासचिव सहित ९३ सदस्यीय केन्द्रीय चयन

हिजो नेकपा (एस)को अध्यक्षमा माधवकुमार नेपाल , सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई पुन: सर्वसम्मत चयन गरेको नेकपा (एस)को यही असार १६ गतेदेखि काठमाडौंको कमलादीमा सम्पन्न १०औँ महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको बताइएको छ । सो पार्टीको केन्द्रीय कमिटीमा माधवकुमार नेपाल, झलनाथ खनाल , घनश्याम भुसाल, डा.बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह , जयन्ती राई, प्रकाश ज्वाला , डा.गंगालाल तुलाधर, डा.विजयकुमार पौडेल, जगन्नाथ खतिवडा , रामचन्द्र झा, नागेन्द्र चौधरी, गरिमा शाह, राजेन्द्र राई, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ,हरि पराजुली, आलोक रायमाझी, उर्वादत्त पन्त, कल्याणी खड्का , तुलबहादुर गुरुङ , देवसिंह महत्ता, बलराम बास्कोटा, भविस‍ोर पराजुली , भानुभक्त जोशी, रत्नेश्वर गोइत, रामचन्द्र यादव, लक्ष्मण पौडेल, ललितकुमार बस्नेत, विरोध खतिवडा, विश्वनाथ प्याकुरेल, डा.बशिधर मिश्र, श्रीप्रसाद साह, शत्रुधन महत्तो, साध्यबहादुर भण्डारी, साबित्रा भुसाल , उमेशकुमार डाँगी, डा.कृष्ण पन्त, कृष्णप्रसाद खनाल , गंगाप्रसाद नेपाल , गणेश काम्बाङ्ग, गणेश विश्वकर्मा, गुरुप्रसाद बुर्लाकोटी, गोपालप्रसाद बराल , धनप्रसाद गौतम, चन्द्रबहादुर शाही, चिरञ्जीवीप्रसाद आचार्य, टहलबहादुर खड्का, दिनेशकुमार राई, दिलकुमारी पन्त, डा.देउमान सम्बाहाम्फे, देवशंकर पौडेल, धर्मराज निरौला, निरादेवी जैरू, निर्मलप्रकाश सुवेदी, परमानन्द भट्ट, प्रभा बज्राचार्य , प्रमोद शर्मा, प्रेेेमलकुमार खनाल, बलदेव चौधरी, बसन्तप्रसाद मानन्धर ,भवानी खापुङ, भाष्कर काफ्ले , महेश रेग्मी, मेटमणि चौधरी , मो.महफुज अन्सारी , रविउदिन आलम , रविन्द्र बैठा धोबी, राजन राई , राजेन्द्र लोहनी , डा.राजेन्द्रमान श्रेष्ठ, रामकुमार भट्टराई, रामकुमार ज्ञवाली, रामचन्द्र साह तेली, राममणि पोख्रेल, विजय गुरुङ, श्रीनाथ बराल, शिवप्रसाद भण्डारी,शेरबहादुर के.सी., सरलाकुमारी यादव,सुधिरप्रसाद साह, सोमप्रसाद पाण्डे , हनुमान चौधरी , होम बुढाथोकी, हंशबहादुर शाही,अमरबहादुर थापा, केदार सञ्जेल, वीरवलकाजी राई र हर्कबहादुर सिंह चयन भएका छन् ।

सो पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकबाट २१ जना पदाधिकारी चयन हुने जनाइएको छ । सो पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यसम्मको हुने बताइएको छ ।

केन्द्रीय कमिटी चयन हुनु अघि उक्त महाधिवेशनले दस्तावेजहरु पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *