नेकपा केन्द्रीय सदस्य तीर्थ सिग्देलको निधन : ऋषि कट्टेलद्वारा शोक प्रकट

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सोही पार्टीका केन्द्रीय समिति सदस्य तीर्थराज सिग्देलको वि.सं.२०८२ माघ २८ गतृे बुधबार साझ भएको निधनप्रति शोक प्रकट गर्दै क.तीर्थराज सिग्देलको असामयिक निधनको दु:खद खबरले स्तब्ध बनाएको बताउनुभएको छ । अध्यक्ष कट्टेलले दिवंगत सिग्देलप्रति श्रद्धाञ्जली अर्पण गर्दै ‘क.तीर्थराज सिग्देलको असामयिक दु:खद निधनबाट नेपाल कम्युनिष्ट पार्टीमा मात्र नभई नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति भएको छ’, भन्नुभएको छ । उहाँले दिवंगत सिग्देलको निधनबाट शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले दिवंगत कमरेड तीर्थराज सिग्देलले नेपालको कम्युनिष्ट आन्दोलनमा गर्नुभएको य‍ोगदानको सधै स्मरण र सम्मान गरिररहने प्रतिबबद्धता व्यक्त गर्नुभएको छ ।

‘कलेजोमा संक्रमण भएर क.तीर्थराज सिग्देलको असामयिक निधन भएको दु:खद खबर आय‍ो’, भावविह्वल हुँदै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष रामबहादुर भण्डारीले अलगपथ बताउनुभयो । दिवंगत कमरेड सिग्देलको सरलता, उत्पीडित श्रमश्रीवी वर्ग र समुदायसँगको प्रेम र उनीहरुको मुक्तिको संघर्षप्रतिको निष्ठाको उहाँले स्मरण गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले जारी गर्नुभएको शोक नोटमा उल्लेख भए अनुसार “दिवंगत ज्ञानीशंकर उपाध्याय र टीलादेवी उपाध्यायका पुत्र क.तीर्थराज सिग्देलको जन्म वि.सं.२०१२ साल चैत्र २६ गते पहिलाको स्याङ्जा जिल्ला र हालको तनहुँ जिल्लाको भिमाद नगरपालिका किहुँमा भएको थियो । उहाँले भारतको वाराणाशीस्थित काशी विद्यापीठबाट स्नातक तहको अध्ययन पूरा गर्नुभएको थियो । वि.सं.२०२८ सालमा नेपाल कम्युनिष्ट पार्टीको पार्टी सदस्यता लिनुभएका क.सिग्देल त्यसबेलादेखि वि.सं.२०४६ सालसम्म विद्यार्थी आन्दोलन हुदै नेपालको कम्युनिष्ट आन्दोलनमा निरन्तर लागिरहनुभयो । वि.सं.२०३५/०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी हुनुभएका उहाँ प्रतिक्रियावादीहरुको आक्रमणको निशानामा पर्दै आउनुभएको थियो । वि.सं.२०३७ सालको जनमत संग्रहको समयमा बहुदलको पक्षमा चुनाव प्रचार गर्ने क्रममा स्याङ्जामा उहाँलाई प्रतिक्रियावादीहरुले आक्रमण गरि मरणासन्न अवस्थामा पु-याएका थिए ।
वि.सं. २०४६ सालमा प्रहरी सेवामा प्रवेश गर्नु भएका उहाँ वि.सं.२०७१ सालमा नेपाल प्रहरीको नायव उपरीक्षक (DSP) पदबाट अवकास हुनुभएको थियो । प्रहरी सेवामा रहदा पनि उहाँको नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनप्रति सकारात्मक सहयोग रहेको थियो । उहाँ पछिल्लो समय चितवनको भरतपुरमा बसोबास गरिरहनुभएको थियो ।
वि.सं.२०८० सालमा नेपाल कम्युनिष्ट पार्टीको पार्टी सदस्यता नवीकरण गर्नु भएका क.सिग्देल वि.सं.२०८१ सालदेखि यता नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति सदस्य हुनुहुन्थ्यो ।
दिवंगत क. सिग्देदका श्रीमती राधिका उपाध्याय, दुई छोरी, १ छोरा, बुहारी तथा ज्वाइहरु हुनुहुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *