नेकपा (माके)का नेता जनार्दन शर्मा पुन: अर्थ मन्त्री

काठमाडौं/ नि:बर्तमान अर्थ मन्त्री तथा नेकपा (माके)का नेता जनार्दन शर्मा ‘प्रभाकार’ पुन: अर्थ मन्त्री बन्न लाग्नु भएको जानकारी प्राप्त भएको छ । नेकपा (माके)का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँलाई अर्थ मन्त्री बनाउन लाग्नु भएको जनाइएको छ । शर्मालाई आजै अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्री पदमा नियुक्त गरी पद तथा गोपनियताको सपथ गराउने तयारी भइरहेको समाचार प्राप्त भएको छ ।

गत जेठ १५ तत्कालीन अर्थ मन्त्री शर्माले संघीय संसदमा प्रस्तुत गरेको नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट बक्तव्यमा उल्लेखित करका दर गत जेठ १४ गते मध्यरातमा अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर हेरफेर गरेको भन्दै नेकपा (एमाले) सहितका राजनीतिक दल तथा व्यक्तिहरुले विरोध गरेका कारण सभामुख अग्निप्रसाद शर्माले गत असारको तेश्रो साता त्यस विषयमा जाँचबुझ गर्न ११ सदस्यीय विशेष छानविन समिति बनाउनु भएको थियो । सोही दिन त्यस समितिलाई सहयोग गर्न भन्दै शर्माले अर्थ मन्त्री पदबाट राजीनामा दिनु भएको थियो । १० दिनको कार्य अवधि भएको उक्त समितिले तोकिएको समयमा प्रतिवेदन बुझाउन नसकेपछि सो समितिलाई थप ७ दिनको कार्य अवधि प्रदान गरिएको थियो । काम शुरु गरेको १८ दिनमा प्रतिवेदन बुझाएको थियो । त्यसै समितिका नेकपा (एमाले)का ४ सांसद बाहेक बाँकी ७ जना सांसदले नि:बर्तमान अर्थ मन्त्री शर्मा माथि लागेको आरोप पुष्टि गर्ने तथ्य नभेटिएको प्रतिवेदन सभामुख सापकोटालाई बुझाएको थियो तर नेकपा (एमाले)का ४ सांसदले भने सो प्रतिवेदनमा अध्ययन कम भएकोले यो प्रतिवेदन अपुरो भएको भन्दै फरक मत जाहेर गरेको बताइएको छ ।

यता सो प्रतिवेदन तथ्यमा आधारित नभएकोले आफूहरुलाई मान्य नहुने भन्दै त्यसको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले विरोध गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *