नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर नगरपालिका २ वडा ब्यासी ईकाई समितिको आयोजनामा बृहत महिला भेला तथा पूनर्गठन कार्यक्रम २०८१ असार ४ गते ब्यासीमा सम्पन्न भयो । कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर नगर समितिका प्रतिनिधि मञ्जुमैंया लाखाले इलाममा नेमकिपाको चुनाव प्रचार कार्यक्रमको अनुभव सुनाउँदै नेमकिपाले संसदमा खेलेको प्रमुख प्रतिपक्षको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले इलामका कामदार वर्गका जनताले नेमकिपालाई नयाँ पार्टीको रुपमा स्वागत गर्न आतुर रहेको र संगठन विस्तारका लागि सहयोग गर्ने वचन दिएको बताउनुभयो । उहाँले |नेपाल क्रान्तिकारी महिला संघले कामदार वर्गका महिलालाई सचेत र संगठित गर्दै नेपालमा कामदार वर्गको शासन समाजबाद ल्याउन चाहन्छ”, भन्नुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर नगरपालिका २ वडा ब्यासी ईकाई अध्यक्ष गणेशप्रसाद सुवालले कामदार वर्गका जनता चाडै सचेत र संगठित भए नेपालमा समाजबादी ब्यवस्था चाडै आउछ भन्दै २०८१ फागुनमा हुने नेपाल मजदुर किसान पार्टीको महाधिबेशन सफल पार्न अनुरोध गर्नुभयो । कार्यक्रममा
नेमकिपा भक्तपुर नगरपालिका २ वडा ब्यासी इकाई समितिका उपाध्यक्ष राजकुमार लघुले नेपाल क्रान्तिकारी महिला संघ काम गरी खाने दिदीबहिनी र आमाहरुलाई शिक्षित पार्न र स्वास्थ्य राख्न विभिन्न गतिविधि लिएर आइरहेको बताउनुभयो । उहाँले ‘नेमकिपाको उद्देश्य नेपाली जनतालाई बुद्धिजीवी गर्ने हो’, भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघ २ वडा ब्यासी ईकाई समितिका अध्यक्ष बबिमैया कवां र सुलो सुवालले नेपाल क्रान्तिकारी महिला संंघको उद्देश्य र समसामयिक राजनीति बारे चर्चा गर्नुभयो ।
उक्त महिला भेलाले पुरानो समिति भंग गरी बबिमैया कवांको सयोजकत्वमा १७ सदस्यीय नेपाल क्रान्तिकारी महिला संघ २ वडा ब्यासी एकाई समिति पुनर्गठन गरेको छ । सो समितिको उपाध्यक्षमा चण्डेश्वरी याकामी, सचिवमा सुजिमा ब्याञ्जु सहसचिवमा अनिता देशेमरु र कोषाध्यक्षमा रोजिना ब्याञ्जु चयन गरिएको छ ।


