काठमाडौं/ नेपाली काँग्रेसको १४महाधिवेशन शुरु हुने दिन नजिकिएसँगै सभापति सहित केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यको उम्मेद्वार बनाउने गृहकार्य भइरहेको छ । संस्थापन पक्षले बर्तमान सभापति शेरबहादुर देउवालाई पुनः: सभापतिको उम्मेद्वार बनाउने टुङ्गो गरेको छ । सभापति पदका उम्मेद्वार देउवाले आफ्नो पक्षका केन्द्रीय कार्य समीतिका पदाधिकारी तथा सदस्यको उम्मेद्वारको लागि गृहकार्य गरिरहेको जानकारी प्राप्त भएको छ । सो पक्षबाट महामन्त्री पदमा गृहमन्त्री बालकृष्ण खाँण लगायतले आकांक्षा व्यक्त गरेपछि सभापति देउवाले महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका बर्तमान प्रवक्ता विश्वप्रकाश शर्मालाई खस- आर्य कलष्टरबाट सह-महामन्त्री पदको उम्मेद्वार बन्नलाई मनाउने प्रयास गरिरहेको बताइएको छ ।
यता नेपाली काँग्रेसको संस्थापन र सिटौला इतर पक्षमा सभापति पदका आकांक्षी धेरै भएकोले उक्त पक्षलाई साझा उम्मेद्वार बनाउन कठिन भइरहेको छ । आफ्नो पक्षबाट सभापतिको पदको साझा उम्मेद्वार नबनेमा देउवालाई सभापति पदको चुनावमा पराजीत गर्न गाहृरो पर्ने बुझाईमा रहेको त्यस पक्षले पछिल्ला दिनमा निरन्तर प्रयास गर्दै आएको छ तर सभापतिका प्रत्यसी बन्ने घोषणा गरेका नेताहरु आफ्नो अडानबाट पछाडि नहट्दा उक्त प्रयासले सार्थकता पाउन सकेको छैन । सोही पक्षका युवा नेता कार्यकर्ताहरुले संस्थापन इतर सभापति पदको साझा उम्मेद्वार नबनाएमा आफूहरुले युवाहरुको छुट्टै उम्मेद्वारको टीम बनाएर महाधिवेशनमा जाने भनेर नेताहरुलाई दवाव दिइरहेका छन् ।
यही आउदो मंसीर २४ गतेदेखि शुरु हुने नेपाली काँग्रेसको १४औं महाधिवेशनका क्रममा काठमाडौं उपत्यकामा १० हजार झण्डा पोलमा राख्ने बताइएको छ ।