काठमाडौं/ नेपाली काँग्रेसको सभापति पदमा प्रधानमन्त्री शेरबहादुर देउवा २,७३३ मत प्राप्त गरी पुन: विजयी हुनु भएको छ भने सभापति पदका अर्का उम्मेद्वार शेखर प्रसाद कोइरालाले १,८५५ मत प्राप्त गर्नु भएको थियो । पहिलो चरणमा सभापति पदका ५ जना उम्मेद्वार मध्ये कसैले पनि ५१ मत पृराप्त गर्न नसकेपछि पहिलो बनेका देउवा र दोस्रो बनेका कोइराला बीच सभापति पदका लागि मंगलबार निर्वाचन भ एको थियो ।
पाँचौं पटक प्रधानमन्त्री देउवाको नेपाली काँग्रेसको सभापति पदको यो दोस्रो कार्यकाल हो । ने.वि. संघको सभापति हुदै, नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति सदस्य बनेका देउवा २०६९ सालमा नेपाली कांग्रेस विभाजन भई बनेको नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति बन्नु भएको थियो । पछि नेपाली कांग्रेससँग नेपाली काँग्रेस एकीकरण भएपछि देउवा नेपाली कांग्रेसको बरिष्ठ नेता हुनुहुन्ध्यो । २०४८ सालदेखि २०७४ सालसम्म भएका संसदीय र संविधानसभा निर्वाचनमा निर्वाचनमा डडेल्धुराबाट सांसद बन्दै आएका देउवा २०४८ जेठदेखि देखि २०५१ मंसीरसम्म गृह मन्त्री हुनुहुन्थो ।