बिगत केही दिनयता विरामी भएर ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत सांसद समेत रहेका नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थलाभको कामना गरिदै छ । स्वास्थ्य उपचारमा थप समस्या उत्पन्न भएपछि अहिले नेता गिरीको स्वास्थ्य उपचारमा भेण्टिलेटरको सहयोग लिएको बताइएको छ । डा.पङ्कज वर्मनको चिकित्सकको टोलीले नेता गिरीको स्वास्थ्योपचार गरिरहेको सो अस्पणालले जनाएको छ तर उहाँको स्वास्थ्यमा थप जटिलता उत्पन्न भएसँगै उहाँको स्वास्थ्यलाभको कामना गरिएका सामाग्री सामाजिक सञ्जालमा देखिएको छ । भारतमा गत वर्ष घाटीको अर्बुद रोगको उपचार गरेर फर्किएका नेता गिरीलाई निमोनिया जस्ता समस्या भएपछि ३ साता अघि उहाँलाई उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको उहाँको पारिवारिक श्रोतको भनाई छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत मंगलबार उक्त अस्पतालमा पुगेर नेता गिरीको उपचारबारे जानकारी लिएको जनाइएको छ ।