नेपाली कांग्रेसको ललितपुर क्षेत्र नं.३ (क) को प्रदेश सभा सदस्यका लागि उम्मेद्वार सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि राजनीतिक दलहरुले उम्मेद्वार छनौटका लागि सिफारिस गर्ने क्रम चलिरहेको छ । यसैक्रममा नेपाली कांग्रेसले ललितपुर जिल्लाको क्षेत्र नं.३ (क) को प्रत्यक्ष र समानुपातिक तर्फको प्रदेश सभा सदस्यको लागि सर्वसम्मत उम्मेद्वारको नाम छनौट गरी सिफारिस गर्ने निर्णय गरिएको छ । जस अनुसार सो प्रदेश सभाको लागि प्रत्यक्ष तर्फ सुदर्शन घिमिरे , महेश्वर थापा , जगतलाल महर्जन , चक्र महर्जन , जीतेन्द्रकुमार महर्जन , गीता सत्याल , मोदती के.सी. , बाबुराजा महर्जन , शशिकुमार थापा , बेली डंगोल , नारायण देव राणा र गोकुल खड्कालाई सर्वसम्मत सिफरिस गर्ने निर्णय गरिएको छ । त्यसैगरी सोही प्रदेश सभाको लागि समानुपातिक तर्फ देवराज लामिछाने , तारादेवी दुलाल पन्त , नवराज महत , रमेश अच्छामी , इन्द्रदेवी महर्जन ,विजु माली , गंगा के.सी., सुमन महत , सरिता चौधरी , गणेश भक्त श्रेष्ठ , निरोज महर्जन , नानीछोरी श्रेष्ठ , रविन्द्र महर्जन , शरदकुमार महर्जन , रामकुमारी लिम्वु , उर्मिला नेपाल र कवि बस्नेतलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गर्ने निर्णय गरिएको छ ।

नेपाली कांग्रेसले ललितपुर जिल्लाको क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पदको प्रत्यक्ष तर्फको उम्मेद्वारका लागि केन्द्रीय कार्य समिति सदस्यत्रय मदनबहादुर अमात्य , जीतजङ्ग बस्नेत र धना खतिवडा तथा विजया के.सी. श्रेष्ठको नाम सिफारिस गरिएको छ ।

Leave a Reply