नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीद्वारा प्रधानमन्त्रीमा दावी पेश

राष्ट्रपति कार्यालयले आउदो आइतबार अपरान्ह ५:०० बजेसम्ममा नेपालको संविधानको धारा ७६(२) अनुसारको नयाँ सरकार गठनका लागि राष्ट्रपति समक्ष दावी पेश गर्न आह्वान गरेसँगै नेकपा (एमाले)का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीद्वारा नेपाली कांग्रेसका ८८ र नेकपा (एमाले)का ७७ सांसदको समर्थनमा आजै साझ राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानमन्त्रीको दावी पेश गर्नुभएको जानकारी प्राप्त भएको छ । अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई साथै लिएर प्रधानमन्त्रीको दावी पेश गर्न राष्ट्रपति कार्यालय जानुभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *